"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अध्यक्ष केसीको प्रश्न ; समानुपातिकको औचित्य के ?

प्रकाशित मिति :  1 November, 2023 4:26 pm


काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समानुपातिक निर्वाचन प्रणालीबाट धनाढ्य र पहुँचवालाहरु सांसद बनेको भन्दै यसको औचित्यमाथि विचार गर्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा केसीले भने, ‘दलितहरु, विपन्न समुदायहरु, जनजातिहरु, त्यस ठाउँका जसले सदनमा आउनै सक्दैनन् त्यस्तो मान्छेका लागि हामीले समानुपातिक राखेका हौैं, तर समानुपातिकमा त पार्टी भित्रका सबभन्दा धनाढ्यहरु, पहुँचवालाहरु आएपछि समानुपातिकको औचित्य के ? यसमा गम्भीर रुपले विचार गर्नुपर्छ ।’

शक्ति र सम्पत्ति भएकाहरु समानुपातिक निर्वाचन प्रणालीबाट दोहोरिएर सांसद हुने गरेका भन्दै उनले यसको औचित्यमाथि प्रश्न उठाए ।

केसीले निर्वाचन प्रणाली खर्चिलो भएको पनि बताए । अहिलेको निर्वाचन प्रणालीबाट योग्य, क्षमतावान र राम्रो मान्छेले सपनामा पनि चुनाव जित्न नसक्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा