"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संक्रमणकालीन न्याय पीडितकेन्द्रित भएर टुंग्याउन एमाले तयार छ : अध्यक्ष ओली

प्रकाशित मिति :  1 November, 2023 5:34 pm


काठमाडौँ ।  प्रमुख प्रतिपक्षी दल नेता तथा एमाले अध्यक्ष केपी शर्माले संक्रमणकालीन न्यायलाई पीडितकेन्द्रित भएर टुंग्याइने बताएका छन् । एमालेले आयोजना गरेको शुभकामना आदानप्रदान र चियापान कार्यक्रममा अध्यक्ष ओलीले सहमतिमै संक्रमणकालीन न्याय टुंगिने बताए । 

‘सहमतिका साथ पीडितकेन्द्रित भएर टुंग्याउनु पर्छ,’ ओलीले भने, ‘सर्वोच्च अदालतको आदेशलाई मानेर टुंग्याउनु पर्छ । अन्तर्राष्ट्रिय समुदाय खासगरी मानवअधिकार संघहरुमा पनि केही कुरा भएको छ, त्यसलाई पनि ध्यान दिनुपर्छ ।’

चियापान कार्यक्रममा सरिक रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार बिहान कांग्रेस सभापति र एमाले अध्यक्षबीच भएको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी समझदारी भएको बताएका थिए ।

तर राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटको क्रममा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालको कारण शान्ति प्रक्रियाको बाँकी काम पूरा नभएको आरोप लगाएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा