"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संक्रमणकालीन न्याय पीडितकेन्द्रित भएर टुंग्याउन एमाले तयार छ : अध्यक्ष ओली

प्रकाशित मिति :  1 November, 2023 5:34 pm


काठमाडौँ ।  प्रमुख प्रतिपक्षी दल नेता तथा एमाले अध्यक्ष केपी शर्माले संक्रमणकालीन न्यायलाई पीडितकेन्द्रित भएर टुंग्याइने बताएका छन् । एमालेले आयोजना गरेको शुभकामना आदानप्रदान र चियापान कार्यक्रममा अध्यक्ष ओलीले सहमतिमै संक्रमणकालीन न्याय टुंगिने बताए । 

‘सहमतिका साथ पीडितकेन्द्रित भएर टुंग्याउनु पर्छ,’ ओलीले भने, ‘सर्वोच्च अदालतको आदेशलाई मानेर टुंग्याउनु पर्छ । अन्तर्राष्ट्रिय समुदाय खासगरी मानवअधिकार संघहरुमा पनि केही कुरा भएको छ, त्यसलाई पनि ध्यान दिनुपर्छ ।’

चियापान कार्यक्रममा सरिक रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार बिहान कांग्रेस सभापति र एमाले अध्यक्षबीच भएको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी समझदारी भएको बताएका थिए ।

तर राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटको क्रममा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालको कारण शान्ति प्रक्रियाको बाँकी काम पूरा नभएको आरोप लगाएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।