"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

युएईले दियो नेपाललाई १३५ रनको लक्ष्य

प्रकाशित मिति :  3 November, 2023 12:52 pm


काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)ले सेमिफाइलनमा विजयी हुन आयोजक नेपाललाई एक सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ।  शुक्रबार मुलपानी माथिल्लो मैदानमा युएईका कप्तान मोहम्मद वासिम टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए। युएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३४ रन बनाएको हो। 

तेस्रो नम्बर क्रिजमा आएका भृत्या अरविन्दले अर्धसतकीय इनिङ्स खेले। उनले ५० बलमा आठ चौका र दुई छक्कासहित ६४ रन बनाए। भृत्यालाई कुशल मल्लले गुल्शन झाबाट क्याच गराएका हुन्। 

कप्तान मुहम्मद वासिमले २६, अलिशान सराफुले १६, आसिफ खानले १३ रन बनाए । नेपालका कुशल मल्लले सर्वाधिक तीन विकेट लिए। सन्दीप लामिछानेले दुई विकेट लिए । यसबाहेक, सोमपाल कामी, कप्तान रोहितकुमार पौडेलले समान एक विकेट लिएका थिए। 

यसअघि तेस्रो ओभरमा नेपालले युएईका दुई ओपनरको विकेट लिएको थियो । ३।१ ओभरमा सोमपाल कामीले ओपनर खालिद शाहलाई रन आउट गराएका हुन्। ओपनर खालिद चार बलमा तीन रन बनाएर आउट भएका थिए। 

३.४ ओभरमा कप्तान तथा ओपनर मोहम्मद वासिम आउट भए । १६ बलमा २७ रन बनाएर वासिमलाई सोमपालले करण केसीको हातबाट क्याच आउट गराएका हुन्। वासिमले तीन चौका र दुई छक्का प्रहार गरे । सन्दीपले पहिलो विकेट लिने क्रममा ९.६ बलमा आसिफ खानलार्ई एलबिडब्लु धरापमा पारे। १४ बलमा १३ रन बनाएका आसिफले एक चौका प्रहार गरेका थिए । जुन समय युएई ६२–३ को स्थितिमा रह्यो। 

कुशल मल्लले चौथो विकेटको रुपमा एलिशान सराफुलाई सोमपाल कामीबाट क्याच आउट गराए। १४ बलमा १६ रन बनाएर सराफु १३।४ ओभरमा पेभिलियन फर्किए । पाँचौ विकेटको रुपमा कप्तान रोहितकुमार पौडेलले सात बलमा चार रन बनाएका अली नासिरलाई आउट गरे । १५५ ओभरमा एक सय रन जोड्दा नासिर आउट भएका हुन्। 

घाइते भएपछि दुई खेल बाहिर रहेका दीपेन्द्रसिंह ऐरी टोलीमा फर्किएका छन्। दीपेन्द्र फर्किँदा सन्दीप जोरा बाहिरिएका छन्। 

आगामी वर्ष अमेरिका र वेष्ट इन्डिजमा आयोजना हुने आईसिसी विश्वकप छनोटको एसियाली छनोटमा आज दुई सेमिफाइनल हुँदैछन्। पहिलो खेलमा नेपाल र युएई प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुर मैदानमा ओमान र बहराइनबीच भिडन्त भइरहेको छ। 

नेपाल समूह ‘बी’ को उपविजेता र युएई समूह ‘ए’ को विजेता हुन्। समूह ‘बी’ बाट ओमान विजेता र बहराइन समूह ‘ए’ को उपविजेता भयो। आज विजयी दुबै टोली फाइनलमा स्थान बनाउँदै टी२० विश्वकपमा छनोट हुनेछन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले ट्वान्टी–२० विश्वकप क्रिकेटमा मंगलबार स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको छ । दीपेन्द्रले लगातार दोस्रो

काठमाडौँ — आइसिसी टी-२० विश्वकप २०२६ मा समूहको लगातार तेस्रो खेलमा पराजित भएसँगै नेपाल बाहिरिएको छ।  नेपाल स्कटल्यान्डसँगको समूह ‘सी’

काठमाडौँ — प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज

काठमाडौँ- प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै