"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेविसंघ केन्द्रीय समितिको पदस्थापनको तयारी

प्रकाशित मिति :  3 November, 2023 2:43 pm


काठमाडौँ ।  नेपाली कांग्रेसको विद्यार्थी भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय सदस्यहरूलाई पदस्थापनको तयारी भएको छ । महाधिवेशन गर्न नसकेको नेविसंघमा कांग्रेस सभापति शेरबहादुर देउवाले गत साउनमा ७१० जनालाई मनोनीत गरेका थिए । तर मनोनीत भएकाहरुलाई अहिलेसम्म पदस्थापन गरिएको थिएन । 

उनीहरुलाई २० र २१ गते काठमाडौंमा विशेष कार्यक्रमका बीच पदस्थापन गराउने तयारी भएको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले बताए ।

शेर्पा पनि मनोनीत अध्यक्ष हुन् । नेविसंघका तत्कालिन अध्यक्ष राजीव ढुंगानाले अधिवेशन गराउन नसकेपछि विघठित भएकोमा सभापति देउवाले ०७८ को चैतमा शेर्पालाई नेविसंघको अध्यक्ष मनोनीत गरेका थिए । शेर्पा नेतृत्वको केन्द्रीय समितिलाई देउवाले दुई वर्षपछि पूर्णता दिएका हुन् भने मनोनीत भएको चार महिनापछि उनीहरुलाई पदस्थापन गराउने तयारी भइरहेको छ ।

त्यही अवसरमा नेविसंघबाट स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा विजयी भएका नेताहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको अध्यक्ष शेर्पाले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा