"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेविसंघ केन्द्रीय समितिको पदस्थापनको तयारी

प्रकाशित मिति :  3 November, 2023 2:43 pm


काठमाडौँ ।  नेपाली कांग्रेसको विद्यार्थी भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय सदस्यहरूलाई पदस्थापनको तयारी भएको छ । महाधिवेशन गर्न नसकेको नेविसंघमा कांग्रेस सभापति शेरबहादुर देउवाले गत साउनमा ७१० जनालाई मनोनीत गरेका थिए । तर मनोनीत भएकाहरुलाई अहिलेसम्म पदस्थापन गरिएको थिएन । 

उनीहरुलाई २० र २१ गते काठमाडौंमा विशेष कार्यक्रमका बीच पदस्थापन गराउने तयारी भएको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले बताए ।

शेर्पा पनि मनोनीत अध्यक्ष हुन् । नेविसंघका तत्कालिन अध्यक्ष राजीव ढुंगानाले अधिवेशन गराउन नसकेपछि विघठित भएकोमा सभापति देउवाले ०७८ को चैतमा शेर्पालाई नेविसंघको अध्यक्ष मनोनीत गरेका थिए । शेर्पा नेतृत्वको केन्द्रीय समितिलाई देउवाले दुई वर्षपछि पूर्णता दिएका हुन् भने मनोनीत भएको चार महिनापछि उनीहरुलाई पदस्थापन गराउने तयारी भइरहेको छ ।

त्यही अवसरमा नेविसंघबाट स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा विजयी भएका नेताहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको अध्यक्ष शेर्पाले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।