"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

महामन्त्रीद्वयको नेतृत्वमा ‘अनुगमन तथा सहजीकरण समिति’ गठन

प्रकाशित मिति :  5 November, 2023 3:02 pm


काठमाडौं । नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा भइरहेका काम र विपद व्यवस्थापनका लागि महामन्त्रीद्वयको नेतृत्वमा ‘अनुगमन तथा सहजीकरण समिति’ गठन गर्ने भएको छ । कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माका अनुसार आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

‘महामन्त्रीद्वयको नेतृत्वमा विपद व्यवस्थापन सँगै ‘अनुगमन तथा सहजिकरण समिति’ निर्माण गर्ने निर्णय भएको छ’, विश्वकर्माले भने, ‘त्यसले स्थल अनुगमनदेखि सबै सामग्री परिचालन, राज्य संयन्त्र परिचालन, पार्टी परिचालनको बीचमा भएका सबैको अनुगमन र सहजिकरण गर्ने निर्णय भएको छ ।’

विश्वकर्माका अनुसार महामन्त्रीद्वय चाँडै भूकम्प प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा जाने भएका छन् । राहत वितरणमा अनियमितता र पक्षपात नहोस् तथा विपन्नको पुनर्वासमा पनि समानता होस् भन्नेमा कांग्रेस गम्भिर भएकाले यस्तो निर्णय गरेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा