"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

महामन्त्रीद्वयको टोलीले बनायो भूकम्पपीडितलाई अस्थायी टहरा

प्रकाशित मिति :  10 November, 2023 3:40 pm


काठमाडौँ । नेपाली कांग्रेसका नेताहरूले श्रमदान गरेर भूकम्पपीडितका लागि अस्थायी टहरा निर्माण गरेका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य गोविन्दराज पोखरेललगायत नेताहरूले जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ चिउरीमा टहरा निर्माणमा श्रमदान गरेका छन्।

आफूहरूले जाजरकोटका भूकम्पपीडितका लागि अस्थायी टहरा निर्माणमा सहयोग गरेको केन्द्रीय सदस्य पोखरेलले बताए। कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले भूकम्पको केन्द्र जाजरकोटलगायत क्षेत्रको स्थलगत अवलोकनसहित विभिन्न काम गर्न महामन्त्रीद्वय थापा र शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो।

बिहीबार कांग्रेस महामन्त्री गगनकुमार थापा इन्जिनियरको टोलीसहित चिउरीमा अस्थायी टहरा बनाउन व्यस्त देखिन्थे । महामन्त्री थापा पार्टीले गठन गरेको उद्धार, राहत र पुनःस्थापनाका लागि अनुगमन तथा व्यवस्थापन सहजीकरण समितिअन्तर्गत अस्थायी टहरा बनाउन बिहीबार चिउरी पुगेका थिए । उनीसँग केन्द्रीय सदस्य गोविन्द पोखरेलसहितको प्राविधिक टिम पनि छ ।

थापाले भूकम्पपीडितलाई एक–दुई साताका लागि त्रिपाल चाहिने भए पनि पुनर्निर्माणको काम सुरु नहुँदासम्म अस्थायी टहरा आवश्यक पर्ने बताए । ‘कम्तीमा यो जाडो छेक्ने गरी अस्थायी टहरा बनाउने अभियानअन्तर्गत यहाँ आएको हुँ,’ उनले भने । पार्टीको निर्णयअनुसार अर्का महामन्त्री विश्वप्रकाश शर्मा त्यही अभियानका लागि रुकुम पश्चिममा छन् ।

थापाले भूकम्पको उद्धार, राहत र पुनःस्थापनामा काम गर्न खोजे पनि चुस्त हुन नसकेको आफूले अनुभव गरेको सुनाए । टहराका लागि खाँबो गाड्दै गरेको अवस्थामा भेटिएका उनले संघ र प्रदेश सरकारले करिब ३५ हजार परिवारका लागि काम गर्न कसैको सहयोग नचाहिने बताए ।

कात्तिक १७ गते जाजरकोट केन्द्र भई भूकम्प जाँदा जनधनको क्षति भएको थियो।

तस्बिरहरू:



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । प्रमुख सचेतक श्याम घिमिरेसहित ७ जनाका तर्फबाट

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच आइतबार सिंहदबारमा

काठमाडौँ — पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे