"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सांसद विकास कोषको ८ अर्ब २५ करोड रुपैयाँ भूकम्पपछिको पुनर्निर्माणमा

प्रकाशित मिति :  13 November, 2023 9:41 pm


काठमाडौँ । सरकारले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा अन्तर्गत चालु वर्षका लागि छुट्टाएको ८ अर्ब २५ करोड रुपैयाँ भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा खर्च गर्ने भएको छ ।

विगतमा दूरूपयोग भएको भन्दै बन्द गरिएको उक्त कार्यक्रम यस वर्षको बजेटमा फेरि ल्याएको थियो । सर्बत्र आलोचित कार्यक्रमका लागि छुट्टाइएको रकम अब भने भूकम्पछिको पुनर्स्थापना र पुनर्निर्माणमा खर्च हुने छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले चालु आर्थिक वर्ष २०८०/८१ का लागि संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याइएको रु. ८ अर्ब २५ करोड हाललाई भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा खर्च गर्ने गरी विपद् व्यवस्थापन कोषमा सार्ने निर्णय गरेको छ । त्यसमा १ अर्ब ७५ करोडसमेत थपेर १० अर्ब विपद् व्यवस्थापनका लागि उपलब्ध गराउने व्यवस्था अर्थ मन्त्रालयले मिलाउने गरि निर्णय भएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा