"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भूकम्पपीडितलाई चिनियाँ कम्युनिस्ट पार्टीको सहयोग

प्रकाशित मिति :  16 November, 2023 3:15 pm


काठमाडौँ । चीन सरकारले जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरूलाई गरेको सहयोगका अतिरिक्त चिनियाँ कम्युनिस्ट पार्टीले पनि सहयोग गरेको छ । पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपाली राजनीतिक दलका प्रतिनिधिमार्फत बुधबार साँझ २ करोड ७४ लाख ७५ हजार रुपैयाँ बराबरका राहत सामग्री उपलब्ध गराएको हो ।

काठमाडौंस्थित चिनियाँ दूतावासका नियोग उपप्रमुख वाङ सीनले ती सामग्री नेपाली कांग्रेसका नेता रामहरि खतिवडा, नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराई, नेकपा (माओवादी केन्द्र) महासचिव देव गुरुङ र नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठलाई संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् ।

भूकम्पपीडितका घरदैलोमा नै ती सामग्री चिनियाँ दूतावासले पुर्‍याइदिने जानकारी दिएको भट्टराईले बताए । स्थानीय राजनीतिक दल र प्रतिनिधिहरूको सहयोग र समन्वयमा राहत सामग्री वितरण गर्न आफूहरूले सुझाएको जानकारी दिँदै उनले छठपछि उक्त सामग्री एकद्वार प्रणालीबाट भूकम्पपीडितलाई हस्तान्तरण गरिने बताए ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा