"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भारतलाई पराजित गर्दै अष्ट्रेलिया छैटौं पटक विश्वविजेता

प्रकाशित मिति :  19 November, 2023 10:57 pm


काठमाडौं । ट्राविस हेड र मानर्स लाबुशेनको उत्कृष्ट पारीको मदतमा अष्ट्रेलियाले घरेलु टोली भारतलाई ६ विकेटलाई हराउँदै एकदिवसीय विश्वकपको उपाधि जितेको छ ।

अहमदाबादमा भएको फाइनल भिडन्तमा भारतले २४० रन बनाएको थियो । अष्ट्रेलियाले ट्राविस हेडको १३७ रन र मानर्स लाबुशेनको अविजित ५८ रनको मदतमा ४३ ओभरमा ४ विकेट गुमाएर २४१ रन बनायो ।

जबकी अष्ट्रेलियाको सुरुवात राम्रो थिएन । मोहम्मद शमीले आफ्नो पहिलो ओभरमै अष्ट्रेलियाका सफल ब्याट्सम्यान डेभिड वार्नरको विकेछट लिए । शमीको लुड लेन्थ बलमा बार्नरले खेल्न खोजेका थिए, तर ब्याटको बाहिरी किनारामा लागेको बल स्लिपमा रहेका विराट कोहलीको हातमा पुग्यो । उनी मात्र ७ रनमा आउट भए ।

खेलको पाँचौं ओभरमा जसप्रित बुमराहले मिशेल मार्शको विकेट लिए । उनी १५ रनमा आउट भए । आफ्नो अर्को ओभरमा उनले नै स्टीभ स्मिथलाई एलबीडब्लू धरापमा पारे । बुमराहको स्लो करटरमा स्मिथ चुके र बल उनको प्याडमा लाग्यो । भारतको एलबीडब्लू अपीलमा फिल्ड अम्पायरले विकेट लिए । स्मिथले रिभ्यू लिएनन् । जबकी रिप्ले र बल ट्र्याकिङमा देखाइएको बल अफ स्टम्प बाहिर गएको देखिएको थियो ।

त्यसपछि दबावमा आएको अष्टे«ेलियाले पावर प्लेमा निकै संघर्ष गर्नु परेको थियो । तर हेडले लाबुशेनसँग मिलेर पारी सम्हाले । चौथो विकेटका लागि १९२ रनको महत्वपूर्ण साझेदारी गर्दै जितको आधार बनाए । जितका लागि मात्र २ रन चाहिएको बेला उनी १३७ रन बनाएर आउट भए । म्याक्सबेलले पहिलो बलमै दुई रन लिएपछि अष्ट्रेलिया विजयी भयो ।

हेड विश्वकपको सुरुवाती खेलमा घाइते थिए । तर चोटमुक्त भएर टिममा फर्किएका उनले ५९ शलमा शतक बनाउँदै दमदार पुनरागमन गरे । सेमिफाइनलमा एकै ओभरमा दुई विकेट लिएर दक्षिण अफ्रिकालाई दबाबमा राख्न भूमिका खेलेका उनले ब्याटिङका क्रममा पनि एउटा एण्ड सम्हाल्दै ६२ रनको पारी खेलेका थिए ।

टस जितेको अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले भारतलाई ब्याटिङको निम्तो दिँदा रोहित शर्माले भने कि उनले टस जितेको भए पनि ब्याटिङ नै रोज्ने थिए । उनले भारतलाई राम्रो सुरुवात पनि दिलाएका थिए ।

तर पाँचौं ओभरको दोस्रो बलमा मिचेल स्टार्कले शुभमन गिललाई एडम जाम्पाको हातबाट क्याच गराए । रोहितको आक्रमण ब्याटिङ रोकिएको थिएन । उनले जोस ह्याजलउडको दुई ओभरमा चार चौका र मिचेल स्र्टाकको बलमा छक्का हानेका थिए । सातौं ओभरमा स्टार्कलाई लगातार तीन चौका हान्दै भारतको स्कोर ५० पु¥याएका थिए ।

दशौं ओभरमा उनले ग्लेन म्याक्सवेललाई पनि छक्का र चौका हानेका उनले गुडलेन्थ बलमा लङ अफमाथि शट हान्न चाहेका थिए । तर प्वाइन्टमा रहेका ट्राविस हेडले करिव ३० फिट पछाडि गएर उत्कृष्ट क्याच लिए । ३१ बलको सामना गरेका उनी ४७ रनमा आउट भए । अर्को ओभरमा अष्ट्रेलियाका कप्तान कमिन्सले श्रेयस अय्यरलाई पभेलियनको बाटो देखाए । लगातार दुई विकेट गुमाएसँग भारत दबावमा आयो, रनको गतिमा ब्रेक लाग्यो । तर क्रममा विराट कोहली र केएल राहुल थिए ।

२६औं ओभरमा विराटले ५६ बलमा ७२औं अर्धशतक पुरा गरे । चौथो विकेटका लागि केएल राहुलसँग ६७ रनको साझेदारी गरेका उनी २९औं ओभरको तेस्रो बलमा आउट भए । उनले ५४ रन बनाए । अष्ट्रेलियाका कप्तान कमिन्सको बलमा कोहलीको प्लेडअन (बोल्ड) भएपछि रंगशालामा रहेका हजारौं समर्थन स्तब्ध भए । त्यसपछि रवीन्द्र जडेजा आए, तर भारतले थप ३० रन जोड्दा उनी पनि आउट भए ।

यद्यपि अर्को एण्डमा सुस्त गतिमा रन बनाएपनि टिकेर खेलिरहेका राहुलले अर्धशतक पुरा गरेका थिए । तर ४२औं ओभरमा स्टार्कको बलमा आउट भए । १०७ बलको समना गरेका उनले ६६ रनको महत्वपूर्ण पारी खेले । अष्ट्रेलियाका स्टार्कले ३, कमिन्स र ह्याजलउडले २/२ विकेट लिए भने म्याक्सबेल र एडम जाम्पाको नाममा एकएक विकेट रह्यो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले ट्वान्टी–२० विश्वकप क्रिकेटमा मंगलबार स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको छ । दीपेन्द्रले लगातार दोस्रो

काठमाडौँ — आइसिसी टी-२० विश्वकप २०२६ मा समूहको लगातार तेस्रो खेलमा पराजित भएसँगै नेपाल बाहिरिएको छ।  नेपाल स्कटल्यान्डसँगको समूह ‘सी’

काठमाडौँ — प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज

काठमाडौँ- प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै