"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

परराष्ट्रमन्त्री साउदसँग कतारका विदेश राज्यमन्त्रीको भेटवार्ता

प्रकाशित मिति :  24 November, 2023 1:51 pm


काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदसँग कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीले भेट गरेका छन् । नेपालको दुई दिने भ्रमणमा बिहीबार काठमाडौँ आइपुगेका अल–मुखैरीले साउदलाई शुक्रबार मन्त्रालयमा भेट गरेका हुन् । मन्त्रालयका अनुसार भेटमा परराष्ट्रमन्त्री साउदले  हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि पहल गरिदिन आग्रह गरेका छन्  ।

विद्रोही हमासले रिहाइ गर्न लागिएको भनिएका ५० जनाको समूहसँगै जोशीको रिहाई गराइदिन विशेष अनुरोध गरिएको मन्त्री साउदका प्रमुख स्वकीय सचिव दिपकराज जोशीले जानकारी दिए । जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाईका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका छन् ।

साथै, परराष्ट्रमन्त्री साउदले गाजामा युद्ध विराम र हमासले बन्धक बनाएका नागरिकको रिहाईका लागि कतार सरकारले निर्वाह गरेको मध्यस्थकर्ताको भूमिकाको प्रसंसा गरे । यसअघि बिहीवार मन्त्री साउदले जोशीको रिहाईका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए ।

भेटका क्रममा उनीहरुबीच रोजगारी, ब्यापार तथा लगानी आदान प्रदान, सहकार्यको विकास र उच्च स्तरीय भ्रमणलगायत साझा हितका विषयमा छलफल भएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्‌मा गरेको ‘भारतले मात्रै होइन, नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने