"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

केपी ओली कप: समूह चरणबाट बाहिरिए पुलिस र सुदूरपश्चिम

प्रकाशित मिति :  28 November, 2023 4:14 pm


काठमाडौँ। विभागीय टोली नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश केपी ओली कप टी२० क्रिकेट प्रतियोगिताको समूह चरणबाट बाहिरिएका छन्। समूह ‘सी’को अन्तिम खेलमा मंगलबार सुदूरपश्चिम प्रदेशसँग पराजित भएसँगै पुलिस पनि प्रतियोगिताबाट बाहिरिएको हो। पोखरा रंगशालामा भएको खेलमा सुदूरपश्चिमले पुलिसलाई ४ विकेटले पराजित गरेको हो। पुलिसले दिएको १५९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ८ बल बाँकी छदै ६ विकेट गुमाएर १६२ रन बनायो।

जित हासिल गरेपनि तीन टोली रहेको समूह ‘सी’को अंक तालिकामा सुदूरपश्चिम पुछारमा रह्यो। सुदूरपश्चिमको नेटरननेट -३.२२९ रह्यो। यता, मधेश प्रदेशलाई ५७ रनले पराजित गरेको पुलिसको १.०८४ नेटरनरेट रह्यो। समूह विजेता बनेको मधेशको भने १.४७२ रेटरननेट रह्यो। मधेशले सुदूरपश्चिमलाई ८ विकेटले पराजित गरेको थियो। सुदूरपश्चिमलाई जित दिलाउन किरण ठगुन्नाले अर्धशतकीय इनिङ्स खेले। उनले ३४ बलमा ४ चौका र २ छक्कासहित अविजित रहेर ५१ रन प्रहार गरे।

यता, नरेन साउदले ३० बलमा ५ चौका र १ छक्कासहित ३९ रन बनाए। सुदूरपश्चिमका ओपनर तथा कप्तान राजु रिजालले १९, वसन्त कार्कीले १५ रन बनाउँदा नारायण जोशी १७ रनमा अविजित रहे। सुदूरपश्चिमका गजेन्द्र बोहरा र सुरज तिवारीले खाता खोल्न सकेनन्। यता, आयुब चन्द ५ रनमा क्याच आउट भए। पुलिसका राशिद खानले सर्वाधिक ३ विकेट लिए। सुनिल धमला र सागर ढकालले १–१ विकेट लिए।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५८ रन बनायो। पुलिसका ओपनर कुशल भुर्तेलले सर्वाधिक ६७ रन बनाए। उनले ५१ बलमा ५ चौका र ५ छक्का प्रहार गरे। सुनिल धमलाले ४० बलमा २ चौका र २ छक्का प्रहार गर्दै ४२ रन बनाए।

अर्जुन साउद २० र कप्तान आरिफ सेख २ रनमा पेभिलियन फर्किए। दिलिप नाथ ४ र करण केसी ७ रनमा अविजित रहे। सुदूरपश्चिमका विकाश अग्रीले सर्वाधिक २ विकेट लिए। भोजराज भट्ट र वसन्त खत्रीले १–१ विकेट लिए। अब फाइनल प्रवेशका लागि मधेशले समूह ‘बी’को विजेता एपीएफसँग खेल्ने छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले ट्वान्टी–२० विश्वकप क्रिकेटमा मंगलबार स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको छ । दीपेन्द्रले लगातार दोस्रो

काठमाडौँ — आइसिसी टी-२० विश्वकप २०२६ मा समूहको लगातार तेस्रो खेलमा पराजित भएसँगै नेपाल बाहिरिएको छ।  नेपाल स्कटल्यान्डसँगको समूह ‘सी’

काठमाडौँ — फितलो ब्याटिङ गरेको नेपालले ट्वान्टी–२० विश्वकपको इटालीसँग १० विकेटले पराजित भएको छ । पहिलो पटक विश्वकपमा खेलिरहेको इटालीले एकतर्फी

काठमाडौँ-  आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’को पाँचौँ खेलमा नेपालले विश्व क्रिकेटको महारथि इंगल्याण्डलाई अन्तिम बलसम्म जसरी स्तब्ध