"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

लोकसेवा आयोग गण्डकी प्रदेशले कर्मचारी दरखास्त आह्वान [सूचनासहित]

प्रकाशित मिति :  29 November, 2023 11:28 am


फाइल फोटो

काठमाडौँ । लोकसेवा आयोग गण्डकी प्रदेशले विभिन्न पदमा कर्मचारी माग गरेको छ। प्रदेश निजामति सेवा र स्थानीय सेवाका सहायक चौथो तहका प्राविधिक तथा अप्राविधिक पदहरुमा आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी बुधबार आयोगले दरखास्त आह्वान गरेको हो।

दरखास्त दिने अन्तिम मिति पुस ३ सम्म रहेको छ भने दोब्बर दस्तुर तिरेर पुस २० सम्म पनि आवेदन दिन सकिनेछ। आवेदन दिँदा २०८०/०९/०३ सम्म १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको साथै महिला वा अपांग उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ।

साथै स्वास्थ्य सेवा तर्फका पदमा दरखास्त दिन उमेरको हद १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। तर संघीय निजामती सेवा, जुनसुकै प्रदेशको प्रदेश निजामती सेवा र स्थानीय सेवाका बहालवाला स्थायी कर्मचारीको हकमा उमेरको हद नलाग्ने सूचनामा उल्लेख छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट

काठमाडौं – झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा