"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

लोकसेवा आयोग गण्डकी प्रदेशले कर्मचारी दरखास्त आह्वान [सूचनासहित]

प्रकाशित मिति :  29 November, 2023 11:28 am


फाइल फोटो

काठमाडौँ । लोकसेवा आयोग गण्डकी प्रदेशले विभिन्न पदमा कर्मचारी माग गरेको छ। प्रदेश निजामति सेवा र स्थानीय सेवाका सहायक चौथो तहका प्राविधिक तथा अप्राविधिक पदहरुमा आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी बुधबार आयोगले दरखास्त आह्वान गरेको हो।

दरखास्त दिने अन्तिम मिति पुस ३ सम्म रहेको छ भने दोब्बर दस्तुर तिरेर पुस २० सम्म पनि आवेदन दिन सकिनेछ। आवेदन दिँदा २०८०/०९/०३ सम्म १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको साथै महिला वा अपांग उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ।

साथै स्वास्थ्य सेवा तर्फका पदमा दरखास्त दिन उमेरको हद १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। तर संघीय निजामती सेवा, जुनसुकै प्रदेशको प्रदेश निजामती सेवा र स्थानीय सेवाका बहालवाला स्थायी कर्मचारीको हकमा उमेरको हद नलाग्ने सूचनामा उल्लेख छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडामा कोरोना भाइरसको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको ठहर