"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाल सहित विश्वकप खेल्ने २० टीमको टुंगो

प्रकाशित मिति :  1 December, 2023 1:35 pm


काठमाडौँ । सन् २०२४ मा हुने आईसीसी टी २० विश्वकप खेल्ने २० टीमको टुंगो लागेको छ। नामिबियामा जारी अफ्रिकी महादेशको अन्तिम चरणको छनोट प्रतियोगितामा बिहीबार युगान्डाले रुवान्डालाई हराएसँगै विश्वकप खेल्ने २० टिमको टुंगो लागेको हो।

युगान्डा विश्वकप छनोट हुने अन्तिम टिम हो। युगान्डा पहिलो पटक विश्वकपमा छनोट भएको हो। सन् २०२४ को टी २० विश्वकप अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ। प्रतियोगिता आगामी जुन ४ देखि ३० तारिखसम्म सञ्चालन हुनेछ। यसपटक टी २० विश्वकपमा २० वटा टिमको सहभागिता रहनेछ ।

सिधा छनोट भएका १२ टिम

टी २० विश्वकप २०२२ को शीर्ष ८ टिम हुन्, अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका। यी राष्ट्रले सिधा विश्वकप खेल्न पाउनेछन्। यिनीहरूले विश्वकपमा स्थान बनाउन छनोट खेल्नु पर्दैन। यस्तै आयोजक भएका आधारमा अमेरिका र वेस्ट इन्डिज गरी २ टिम छनोट भएका छन्। आयोजक राष्ट्रले छनोट नखेली सिधा विश्वकप खेल्न पाउने प्रावधान छ।

आईसीसी विश्व वरीयताका आधारमा २ राष्ट्र छनोट भएका छन्। जसमा अफगानिस्तान र बंगलादेश रहेका छन्। जम्मा १२ टिमले सिधा छनोट हुने अवसर पाएका छन्।

छनोट खेलेर विश्वकप पुगेका ‍८ टिम

सन् २०२४ मा छनोट खेलेर ८ टिम आईसीसी टी २० विश्वकपमा पुगेका छन्। युगान्डा र नामिबिया अफ्रिकी महादेशबाट विश्वकप पुगेका छन्। यसका अतिरिक्त छनोट चरण पार गर्दै युरोप महादेशबाट आयरल्यान्ड र स्कटल्यान्ड विश्वकपमा पुगेका हुन्।

पूर्वी एसिया-प्रशान्त क्षेत्रबाट पपुवा न्यु गिनी विश्वकपमा छनोट भएको छ। अमेरिकी महादेशको छनोट प्रतियोगिताबाट क्यानडा विश्वकपमा पुगेको छ।

एसिया महादेशको छनोट प्रतियोगिताबाट भने नेपाल र ओमानले विश्वकपमा स्थान पक्का गरिसकेका छन्। अफ्रिका महादेशबाट नामिबिया र युगान्डा विश्वकपमा पुगेका हुन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको