"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति र लायन्स क्लब अन्तर्राष्ट्रिय फाउण्डेसनका अध्यक्षबीच भेटवार्ता

प्रकाशित मिति :  1 December, 2023 2:11 pm


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग लायन्स क्लब अन्तर्राष्ट्रिय फाउण्डेसनका चेयरपर्सन एवम् निवर्तमान अध्यक्ष ब्रायन इ सिहानसहित लायन्स इन्टरनेशनलका पदाधिकारीले भेट गरेका छन् ।

राष्ट्रपति भवन (शीतलनिवास)मा शुक्रबार भएको सो भेटमा अध्यक्ष ब्रायनले जाजरकोटका भूकम्प प्रभावितहरूका लागि तत्कालै सहयोग गरेको जानकारी दिए । साथै उनले अब शिक्षा, स्वास्थ्य क्षेत्रमा भवनलगायतका संरचना निर्माणमा सहयोग गर्ने जानकारी गराएका थिए ।

राष्ट्रपति पौडेलले लायन्सको मानवीय तथा नैतिक मूल्यसहितका सिद्धान्तबाट आफू प्रभावित भएको बताउदै भूकम्प प्रभावितहरूका लागि लायन्सको सहयोगप्रति धन्यवाद व्यक्त गरेका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं — आगामी आर्थिक वर्षको बजेट १० असारभित्र सार्वजनिक गर्नुपर्ने समयसीमासम्म २७ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् । ७५३ स्थानीय

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्‌मा गरेको ‘भारतले मात्रै होइन, नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको