"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विश्वकप लिग-२ को पहिलो सिरिजमा नेपाल हुने

प्रकाशित मिति :  1 December, 2023 5:27 pm


काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप २०२७ अन्तर्गको लिग-२ नेपालबाट सुरू हुने भएको छ। आइसिसी एकदिवसीय मान्यता प्राप्त ८ टिमबीच हुने सिरिज आगामी फागुनबाट सुरू हुने नेपाल क्रिकेट संघ (क्यान) जनाएको छ। 

फागुन ५ गतेदेखि नेपालमा हुने पहिलो सिरिजमा घरेलु टिम नेपालसहित नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ।  सिरिजमा तीन टिमले दुई पटक एकआपासमा भिड्नेछन् भने एक टिमले चार एकदिवसीय खेल खेल्नेछ। 

अघिल्लो लिग-२ को साइकलमा ७ टिमबीच प्रतिस्पर्धा भएकोमा यसपटक ८ टिमले भाग लिँदैछन्।  अघिल्लो पटक आइसिसी स्थायी सदस्यसँगै सुपर लिग खेलेको नेदरल्यान्ड्सले यसपटक लिग-२ खेल्दैछ।  लिग-२ मा नेपाल, नेदरल्यान्ड्स, नामिबियासँगै क्यानडा, ओमान, स्कटल्यान्ड, युएई र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ।

अघिल्लो संस्करणमा नेपाल तेस्रो भएको थियो। अघिल्लो पटक नेपालले पछिल्ला १२ मध्ये ११ खेल जितेर एकदिवसीय मान्यता मात्र जोगाएको थिएन विश्वकप छनोटमा पनि स्थान पक्का गरेको थियो।
 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार