"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विश्वकप लिग-२ को पहिलो सिरिजमा नेपाल हुने

प्रकाशित मिति :  1 December, 2023 5:27 pm


काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप २०२७ अन्तर्गको लिग-२ नेपालबाट सुरू हुने भएको छ। आइसिसी एकदिवसीय मान्यता प्राप्त ८ टिमबीच हुने सिरिज आगामी फागुनबाट सुरू हुने नेपाल क्रिकेट संघ (क्यान) जनाएको छ। 

फागुन ५ गतेदेखि नेपालमा हुने पहिलो सिरिजमा घरेलु टिम नेपालसहित नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ।  सिरिजमा तीन टिमले दुई पटक एकआपासमा भिड्नेछन् भने एक टिमले चार एकदिवसीय खेल खेल्नेछ। 

अघिल्लो लिग-२ को साइकलमा ७ टिमबीच प्रतिस्पर्धा भएकोमा यसपटक ८ टिमले भाग लिँदैछन्।  अघिल्लो पटक आइसिसी स्थायी सदस्यसँगै सुपर लिग खेलेको नेदरल्यान्ड्सले यसपटक लिग-२ खेल्दैछ।  लिग-२ मा नेपाल, नेदरल्यान्ड्स, नामिबियासँगै क्यानडा, ओमान, स्कटल्यान्ड, युएई र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ।

अघिल्लो संस्करणमा नेपाल तेस्रो भएको थियो। अघिल्लो पटक नेपालले पछिल्ला १२ मध्ये ११ खेल जितेर एकदिवसीय मान्यता मात्र जोगाएको थिएन विश्वकप छनोटमा पनि स्थान पक्का गरेको थियो।
 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको