"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

यू-१९ एशिया कप क्रिकेट : नेपाली युवा टोलीको विदाई

प्रकाशित मिति :  5 December, 2023 5:47 pm


काठमाडौँ – यू–१९ एसिया कप क्रिकेट खेल्न जाने राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु लगाएत क्यानका पदाधिकारीले राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई बिदाई गरेका हुन् । कार्यक्रममा मन्त्री लिम्वुले टिम कप्तान देव खनाललाई राष्ट्रिय झण्डा हस्तान्तरण गरेका थिए ।

विदाई कार्यक्रमपछि अलराउन्डर गुलशन झाले एसिया कपमा टेस्ट टोलीलाई हराउने ठूलो अवसर रहेको र आफु उत्साहित रहेको बताए । उनले नेपालको समग्र क्रिकेटले राम्रो प्रदर्शन गरिरहेको अवस्थामा आफुहरुको लक्ष्य जितमा हुने धारणा राखे ।

त्यस्तै कप्तान देव खनालले तयारी राम्रो रहेको उल्लेख गर्दै सक्दो नतिजाका लागि कोशिश गर्ने बताए । उनले सम्पूर्ण टिम खेलका लागि उत्साहित रहेको र राम्रो नजिता आउने विश्वास व्यक्त गरे ।

त्यस्तै मुख्य प्रशिक्षक जगत टमाटाले प्रतियोगिताका लागि टिमले राम्रो तयारी गरेको बताए । आफ्नो समूहमा अफगानिस्तान, भारत, पाकिस्तान रहनु चुनौती भए पनि राम्रो खेल खेलेर जित हासिल गर्ने उनले बताए ।

नेपाली टिम बुधबार यूएई प्रस्थान गर्नेछ । आगामी शुक्रबारदेखि पुस १ गतेसम्म यूएईमा चल्ने प्रतियोगितामा नेपाल समूह एमा छ । नेपाल रहेको समूहमा अफगानिस्तान, भारत, पाकिस्तान रहेका छन् । समूह बीमा बंगलादेश, जापान, श्रीलंका र यूएई छन् ।

नेपालले मलेसियामा सम्पन्न एसिसी यू–१९ प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार