सिरिएमा नेपोलीलाई पराजित गर्दै युभेन्टस शीर्ष स्थानमा उक्लियो
एजेन्सी । इटालिएन कप सिरिए मा युभेन्टस शीर्ष स्थानमा उक्लिएको छ। खेलको ५१ औ मिनेटमा फेडरिको गाटीले गरेको एक मात्र निर्णायक गोलमा युभेन्टस शुक्रबार डिफेन्डिङ च्याम्पियन नेपोलीलाई १–० ले पराजित गर्दै शीर्ष स्थानमा उक्लेको हो ।
जितपछि युभेन्टसको १५ खेलबाट ३६ अंक भएको छ र यो दोस्रोमा रहेको इन्टर मिलानमाथि एक अंकको मात्र अग्रता हो । इन्टरले एक खेल कम खेलेको छ । शीर्ष चारमा अन्य टिममा एसी मिलानको २९ र एएस रोमाको २४ अंक छ । नेपोली भने २४ अंकमै पाँचौं स्थानमा छ । युभेन्टस सिरि ए मा सबै भन्दा बलियो क्लब मानिन्छ ।













