"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

यू-१९ एसिया कप बंगलादेशले जित्यो

प्रकाशित मिति :  17 December, 2023 6:04 pm


एजेन्सी । घरेलु टिम युएईलाई १९५ रनले पराजित गर्दै बंगलादेशले एसिसी यू-१९ एसिया कपको उपाधि जितेको छ। बंगलादेशले दिएको १८३ रनको लक्ष्य पछ्याएको युएई २४.५ ओभरमा ८७ रनमै अलआउट भयो। युएईका ध्रुव परासरले सबैभन्दा बढी नटआउट २५ रन जोडे। अक्षत राइले ११ रन जोड्दा अरु कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। 

बलिङमा बंगलादेशका मारुफ मृधा र रोहनत बोरसनले ३-३ विकेट लिए। इकबाल हुसेन र शिख जिबोनले २-२ विकेट हात पारे।आइतबार दुबईमा घरेलु टिमले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बंगलादेशले ८ विकेटको क्षतिमा २८२ रन जोड्यो। बंगलादेशका लागि ओपनर अशिकुर रहमान शिब्लीले शतक प्रहार गरे। उनले १४९ बलमा १३ चौका र १ छक्काको मद्दतमा १२९ रन जोडेका थिए। चौधुर रिजवानले ६० रन र अरिफूल इस्लामले ५० रन बनाए। 

बलिङमा युएईका अयमन अहमेदले ४ विकेट लिए। यसअघि सेमिफाइनलमा युएईले पाकिस्तान र बंगलादेशले भारतलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए। प्रतियोगितामा नेपालले पनि भाग लिएको थियो। नेपालले समूह चरणमा भारत, पाकिस्तान र अफगानिस्तान तीनै टिमसँग हार बेहोरेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको