"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रुसी युद्धबन्दीलाई आमाको जिम्मा लगाउने युक्रेनी प्रस्ताव

प्रकाशित मिति :  5 March, 2022 10:04 pm


काठमाडौँ – एजेन्सी ।  रुसको आक्रमणका कारण युक्रेनमा भीषण लडाइँहरू भइरहेका छन् । युद्धका क्रममा हजारौँको मृत्यु भइसकेको छ भने दुवै तर्फका धेरै सैनिक युद्धबन्दी बनेका छन् । कुनै पनि युद्धपछि युद्धबन्दीहरुको रिहाइ पेचिलो मुद्दा बनेर आउने गर्छ ।

अहिले युक्रेनले भने रुसी युद्धबन्दीलाई रिहा गर्ने विषयमा अनौठो प्रस्ताव अघि सारेको छ । युक्रेनको रक्षामन्त्रालयले रिहा हुने रुसी युद्धबन्दीलाई आमाको जिम्मा लगाउने प्रस्ताव अघि सारेको हो ।

‘रुसी युद्धबन्दीलाई उनीहरुको आमाको जिम्मा लगाउने निर्णय भएको छ तर उनीहरुका आमा युक्रेन आउनुपर्छ ।’ रक्षा मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । ‘तपाईँहरूलाई किभ लगिनेछ जहाँ छोरालाई तपाईको जिम्मा लगाइनेछ ।’

युक्रेनले बन्दी बनाइएका र मारिएका रुसी सैनिकको जानकारी तिनीहरुका आफन्तले पाउन भन्नाका लागि प्रत्यक्ष हटलाइन सेवा समेत सुरु गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट

एजेन्सी – यस वर्ष चिकित्सातर्फको नोबेल पुरस्कार दुई अमेरिकी र एक जापानी नागरिकले जितेका छन्। शरीरको रोग प्रतिरोधात्मक प्रणालीले आफ्नै स्वस्थ

ऐजेन्सी – थाइल्याण्डको संवैधानिक अदालतले निलम्बित प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदमुक्त गरेको छ। कम्बोडियाका नेता हुन सेनसँगको फोन कल गरेपछि विवादमा

काठमाडौं – भारत र चीनले सीमा विवाद समाधानका लागि विशेषज्ञ समिति बनाउने निर्णय गरेका छन् । यो समितिले तत्काल सीमा