"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रुसी युद्धबन्दीलाई आमाको जिम्मा लगाउने युक्रेनी प्रस्ताव

प्रकाशित मिति :  5 March, 2022 10:04 pm


काठमाडौँ – एजेन्सी ।  रुसको आक्रमणका कारण युक्रेनमा भीषण लडाइँहरू भइरहेका छन् । युद्धका क्रममा हजारौँको मृत्यु भइसकेको छ भने दुवै तर्फका धेरै सैनिक युद्धबन्दी बनेका छन् । कुनै पनि युद्धपछि युद्धबन्दीहरुको रिहाइ पेचिलो मुद्दा बनेर आउने गर्छ ।

अहिले युक्रेनले भने रुसी युद्धबन्दीलाई रिहा गर्ने विषयमा अनौठो प्रस्ताव अघि सारेको छ । युक्रेनको रक्षामन्त्रालयले रिहा हुने रुसी युद्धबन्दीलाई आमाको जिम्मा लगाउने प्रस्ताव अघि सारेको हो ।

‘रुसी युद्धबन्दीलाई उनीहरुको आमाको जिम्मा लगाउने निर्णय भएको छ तर उनीहरुका आमा युक्रेन आउनुपर्छ ।’ रक्षा मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । ‘तपाईँहरूलाई किभ लगिनेछ जहाँ छोरालाई तपाईको जिम्मा लगाइनेछ ।’

युक्रेनले बन्दी बनाइएका र मारिएका रुसी सैनिकको जानकारी तिनीहरुका आफन्तले पाउन भन्नाका लागि प्रत्यक्ष हटलाइन सेवा समेत सुरु गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

एजेन्सी/ वीवीसी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सरिक एक कार्यक्रममा गोली चलेको हल्लापछि आकस्मिक उद्धार गरिएको छ। शनिबार साँझ वासिङ्टन