"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मिचेल स्टार्क आईपीएलकै महँगा खेलाडी

प्रकाशित मिति :  19 December, 2023 3:09 pm


काठमाडौं । अष्ट्रेलियन क्रिकेटर मिचेल स्टार्क इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको सबैभन्दा महँगो खेलाडी बनेका छन् । ३३ वर्षका बायाँ हाते पेसर मिचेलका लागि कोलकता नाइट राइडर्सले २४ करोड ७५ लाख भारतीय रुपैयाँको बोली लगाएको हो ।

प्रारम्भिक मुल्य २ करोड तोकिएका उनका लागि सुरुमा दिल्ली क्यापिटल्सले बोली लगाएको थियो । त्यसपछि मुम्बई इण्डियन्सले बोली लगाएका थिए । त्यसपछि मुम्बई इण्डियन्सले ८ करोडको बोली लगायो । त्यसपछि प्रतिस्पर्धामा आएको कोलकता नाइट राइडर्सले ८ करोड ८० लाखको बोली लगाएको थियो । मिचेल लिने प्रतिस्पर्धामा गुजरात टाइटन्स प्रवेश गरेपछि उनको मुल्य १० करोड पुगेको थियो ।

त्यसपछि गुजरात टाइटान्स र कोलकाता नाइट राइडर्सबीच होड चल्यो र गुजरात उनका लागि २४ करोेडसम्म तिर्न तयार भएको थियो तर अन्तमा कोलकताले २४ करोड ७५ लाखमा बाजी मार्‍यो । मिचेल ८ वर्षअघि आईपीएलमा फर्किएका हुन् । सन् २०१४–१५ को सिजनसम्म उनले रोयल च्यालेन्जर्स बैंगलोरबाट आईपीएल खेलेका थिए । आईपीएलका २७ खेलमा उनले ३४ विकेट लिएका छन् भने ब्याटिङतर्फ उनले १२ इनिङ्समा ९६ रन मात्र बनाएका छन् ।

यसअघि अष्ट्रेलियन कप्तान प्याट कमिन्स साढे २० करोड भारुमा बिकेका थिए । कमिन्सलाई सनराइजर्स हैदरावादले किनेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार