"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रियसभाको उम्मेदवार चयन गर्न एमालेको सचिवालय बैठक शुक्रवार बस्दै

प्रकाशित मिति :  3 January, 2024 6:09 pm


काठमाडौं । नेकपा एमालेले शुक्रबार सचिवालय बैठक बोलाएको छ । केन्द्रिय कार्यालय च्यासलमा शुक्रबार दिउँसो १२ बजे सचिवालय बैठक बोलाइएको केन्द्रिय कार्यालय सचिव डा.भिष्म अधिकारीले बताए ।

बैठकले राष्ट्रियसभा सदस्यको उम्मेदवार चयन, मध्यपहाडी संकल्प यात्राको समीक्षा, आगामी कार्यक्रम लगायतबारे छलफल गर्ने सूचि छ । विशेषगरी राष्ट्रियसभा सदस्यको उम्मेदवार बैठकको एजेण्डा बन्ने बताइएको छ ।

गत ८ पुसमा एमाले प्रदेश कमिटीलाई उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको थियो । आगामी २३ पुसमा राष्ट्रियसभाको १९ पदका निम्ति मनोनयन दर्ता हुँदैछ ।

सचिवालय बैठक अगाडि भोलि एमालेको प्रदेश पदाधिकारीहरुको भेला राखिएको छ । केन्द्रिय कार्यालय च्यासलमै पदाधिकारीहरुको भेला राखिएको केन्द्रिय कार्यालय सचिव अधिकारीले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन् । सोमबार बिहान शीतल

काठमाडौँ – नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेशमा सहकार्य गर्ने विषयमा सहमति भएको छ। दुवै दलबीच प्रदेश सरकार

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय