"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रियसभाको उम्मेदवार चयन गर्न एमालेको सचिवालय बैठक शुक्रवार बस्दै

प्रकाशित मिति :  3 January, 2024 6:09 pm


काठमाडौं । नेकपा एमालेले शुक्रबार सचिवालय बैठक बोलाएको छ । केन्द्रिय कार्यालय च्यासलमा शुक्रबार दिउँसो १२ बजे सचिवालय बैठक बोलाइएको केन्द्रिय कार्यालय सचिव डा.भिष्म अधिकारीले बताए ।

बैठकले राष्ट्रियसभा सदस्यको उम्मेदवार चयन, मध्यपहाडी संकल्प यात्राको समीक्षा, आगामी कार्यक्रम लगायतबारे छलफल गर्ने सूचि छ । विशेषगरी राष्ट्रियसभा सदस्यको उम्मेदवार बैठकको एजेण्डा बन्ने बताइएको छ ।

गत ८ पुसमा एमाले प्रदेश कमिटीलाई उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको थियो । आगामी २३ पुसमा राष्ट्रियसभाको १९ पदका निम्ति मनोनयन दर्ता हुँदैछ ।

सचिवालय बैठक अगाडि भोलि एमालेको प्रदेश पदाधिकारीहरुको भेला राखिएको छ । केन्द्रिय कार्यालय च्यासलमै पदाधिकारीहरुको भेला राखिएको केन्द्रिय कार्यालय सचिव अधिकारीले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले चालु आर्थिक वर्षमा संघीय संसद्मा पेस गर्नका लागि १२१ वटा विधेयकहरूको प्राथमिकता निर्धारण

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा