"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गुल्मीको धुर्कोट गाउँपालिका लुम्बिनी प्रदेशकै उत्कृष्ट

प्रकाशित मिति :  7 March, 2022 4:44 pm


गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका देशकै उत्कृष्ट ५ गाउँपालिकामध्ये तेस्रो नम्बरमा परेको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा धुर्कोट गाउँपालिका देशकै उत्कृष्ट तीन नम्बरमा परेको हो । यस्तै लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बनेको छ ।

आयोगले तयार पारेका १७ सूचकमा मूल्यांकन गर्दा ७६.५४ अंक प्राप्त गर्दै धुर्कोट उत्कृष्ट तीनमा परेको हो भने लुम्बिनी प्रदेशमा पहिलो उत्कृष्ट गाउँपालिकाको मुुल्याङ्नमा परेको हो ।

सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्यांक समेतको आधारमा आयोगले कार्यसम्पादन मूल्यांकन गरेर अंक प्रदान गरेको थियो । जसमा मुुल्याङनको १७ सूचक तय गरिएका थिए । समयमै बजेट पेश गरे–नगरेको, असार मासन्तभित्र बजेट पास भए –नभएको , राजस्व बाँडफाँट गरे–नगरेको, आगामी आर्थिक बर्षको बजेटको अनुमान अर्थमन्त्रालयमा पुस मसान्तभित्र पेस गरे– नगरेको विषयमा मूल्यांकन आयोगले गरेको थियो । त्यसका अलवा विद्यालयहरुमा विद्यार्थी भर्नाको अवस्था,बालबालिकाको संख्या, खोप लगाएका बालबालिकाको संख्यालगायतआन्तरिक राजस्वको लक्ष्य र संकलन, अघिल्लो आवको बजेट र खर्चको अवस्था, बेरुजु, सुत्रको प्रयोग, आवधिक योजना तय गरे –नगरेको, गर्भवती महिलाको संख्या, संस्थागत प्रसुति संख्या, शीर्षकका सूचकमा आयोगले स्थानीय तहलाई आयोगले अंक दिएको थियो।
७ सय ५३ स्थानीय तहमध्ये सबैभन्दा धेरै ७८.६९ अंक डडेल्धुराको अजयमेरु गाउँपालिकाले पाएको छ । मुस्ताङको लो घेकर–दामोरकुण्ड गाउँपालिका ७७.११ अंक ल्याएर दोस्रो भएको छ । तेस्रोमा रहेको धुर्कोटले ७६.५४ अंक पाउँदा चौँथो ७६.४९ अंकका साथ कैलालीको कैलारी गाउँपालिका भएको छ । यस्तै ७६.३८ अंकका साथ कञ्चनपुरको भीमदत्त नगरपालिका पाचौँ भएको छ ।

यहि मूल्यांकनका आधारमा आयोगले आर्थिक वर्ष २०७९–८० का लागि संघबाट स्थानीय तहमा प्रदान हुने संघीय संचित कोषको समानीकरण अनुदानको रकम सिफारिस गर्ने छ ।

धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले यो मूल्यांकनले धुर्कोट गाउँपालिका परिवार निकै हर्षित र उत्साहित भएको बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौं – स्थानीय तहका जनप्रतिनिधिहरूले करारका कर्मचारी कटौती गर्दा सेवा प्रवाहमा असर परेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएका छन्

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकामा अनुमतिभन्दा बढी ढुङ्गा, बालुवा उत्खनन् गरेको अभियोगमा दुई जनाविरुद्ध झण्डै एक

काठमाडौँ – चालु आर्थिक वर्षको तीन महिना बित्न लाग्दासमेत ४३ वटा स्थानीय तहले बजेट प्रस्तुत गरेका छैनन् । देशभरका कुल सात