"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मालपोत कार्यालय रुपन्देहीका नासु घुससहित अख्तियारको नियन्त्रणमा

प्रकाशित मिति :  17 April, 2026 9:54 pm


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय, रुपन्देहीमा कार्यरत नायब सुब्बा ओम बहादुर खाम्चालाई घुसरकमसहित नियन्त्रणमा लिएको छ।

आयोगका अनुसार जग्गाको नयाँ श्रेष्ता कायम तथा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा खटिएको टोलीले खाम्चालाई सेवाग्राहीबाट रु। २ लाख घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।

नियन्त्रणका क्रममा उनको साथबाट घुस रकम रु. २,००,००० सँगै स्रोत नखुलेको थप रु. ३,५०,०००समेत बरामद गरिएको आयोगले जनाएको छ। साथै, एउटा मोबाइल फोन पनि जफत गरिएको छ।

खाम्चालाई जिल्ला रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। आयोगले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध

काठमाडौँ – साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा सहायक प्रबन्धक (सातौँ तह) पदमा कार्यरत मनोजकुमार झाविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको मुद्दा

काठमाडौँ – चम्पादेवी गाउँपालिका, ओखलढुङ्गाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदीसहित दुई जनाविरुद्ध १८ लाख ५० हजार रुपियाँको भ्रष्टाचार