"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

यू-१९ विश्वकप खेल्न नेपाली टिम दक्षिण अफ्रिका प्रस्थान

प्रकाशित मिति :  5 January, 2024 2:50 pm


काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आईसीसी यू-१९ विश्वकप खेल्न जाने नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमलाई बिदाइ गरेको छ ।शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुरबहादुर तन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्मा लगायतले बिदाइ गरे ।

नेपाल ८ वर्षपछि यू-१९ विश्वकप खेल्न लागेको हो । यू-१९ टिमका कप्तान देव खनालले तयारी सबै राम्रो रहेको र प्राप्त सुविधालाई प्रयोग गरेको बताए । बाहिर गएर खेल्न नपाए पनि एक साता क्याम्प हुन लागेकोले खुशी लागेको देवले बताए ।

उनले विश्वकप खृल्ने सपना पूरा हुन लागेको र राम्रो नतिजा ल्याउने बताए । ‘यू-१९ विश्वकप खेल्ने सपना थियो, त्यो पूरा हुन लागेको छ । आशा छ राम्रो प्रदर्शन गर्छौं । एसिया कपको प्रदर्शन बिर्सेर विश्वकपमा राम्रो गर्दै देशलाई गौरवान्वित बनाउँछौं,’ देवले भने ।

यू-१९ टिमका मुख्य प्रशिक्षक जगत टमाटाले ८ वर्षपछि फेरि विश्वकप खेल्न जाँदै गर्दा आफू लक्की रहे पनि यसमा क्यान र खेलाडीले योगदान रहेको बताए । टमाटाले मानसिक र शारीरिक रुपमा टिम तयार रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार