"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रिय सभामा एमालेले १९ वटै पदमा उम्मेदवारी दिने

प्रकाशित मिति :  6 January, 2024 1:46 pm


काठमाडौँ । नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा १९ वटै पदमा उम्मेदवारी दिने भएको छ। शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले माघ ११ गते हुने निर्वाचनमा सबै पदमा उम्मेदवारी दिने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए।

‘रिक्त हुने आधारमा प्रदेश कमिटीले प्रत्येक क्लस्टरमा ३ जनाको नाम सिफारिस गर्नुभएको छ। ती नामका बारेमा छलफल गरेका छौँ,’ पोखरेलले भने, ‘कतिपय क्लस्टरमा थप छलफल गर्नुपर्ने भएको छ। थप छलफल र प्रस्ट भएपछि पुस २३ गते १९ वटै पदमा उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छौँ।’

राष्ट्रियसभा अध्यक्षसहित १९ पदमा निर्वाचन हुँदैछ। यो निर्वाचनमा सत्ता गठबन्धनले साझा उम्मेदवारी तय गर्ने निर्णय गरिसकेका छन्। तर, नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेलाई पनि केही पद दिनुपर्ने प्रस्ताव गठबन्धनमा गरेपछि कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा दाहालसँग रुष्ट बनेका छन्।

त्यस्तै आजको बैठकले ६ जनालाई केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय पनि गरेको छ।  तुलसी न्यौपाने, केशव पाण्डे, दामोदर भण्डारी, रामअवतार यादव, विनोद शाह र दिपक कार्कीलाई केन्द्रीय सदस्य मनोनीत गरिएको महासचिव पोखरेलले जानकारी दिए। कार्कीबाहेक सबै पूर्वप्रदेश अध्यक्ष भएर जिम्मेवारी सम्हाली सकेका छन्। कार्कीले झापाका पूर्वअध्यक्ष हुन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन् । सोमबार बिहान शीतल

काठमाडौँ – नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेशमा सहकार्य गर्ने विषयमा सहमति भएको छ। दुवै दलबीच प्रदेश सरकार

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय