"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

माओवादी केन्द्रले टुङ्ग्यायो राष्ट्रिय सभाको उम्मेदवार

प्रकाशित मिति :  7 January, 2024 5:07 pm


काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको पार्टीको पदाधिकारी बैठकले उम्मेदवार टुङ्गो लगाएको हो ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलका अनुसार कोशी प्रदेशबाट चम्पादेवी कार्की, बागमती प्रदेशमा श्रीकृष्ण अधिकारी, गण्डकी प्रदेशमा मनरुपा शर्मा, लुम्बिनी प्रदेशमा झक्कु सुवेदी, कर्णाली प्रदेशमा विष्णु विश्वकर्मा र सुदूरपश्चिम प्रदेशमा रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

सत्ता गठबन्धनको आज बसेको बैठकले संयुक्तरुपमा उम्मेदवार उठाउने निर्णय गर्दै सिट बाँडफाँट गरेको थियो । सोही बाँडफाँटमा माओवादी केन्द्रको भागमा छ सिट परेको थियो । सत्ता गठबन्धनको बैठकलगत्तै बसेको पदाधिकारी बैठकले उम्मेदवार तय गरेको हो ।

राष्ट्रिय सभा सदस्यका लागि सोमबार मनोनयन हुँदैछ । आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्यको रिक्त सदस्यका लागि निर्वाचन हुँदैछ । रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन् । सोमबार बिहान शीतल

काठमाडौँ – नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेशमा सहकार्य गर्ने विषयमा सहमति भएको छ। दुवै दलबीच प्रदेश सरकार

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय