"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रुकुम पूर्वमा महको उत्पादन दोब्बरले वृद्धि

प्रकाशित मिति :  8 January, 2024 11:51 am


रुकुम । रुकुम पूर्वमा यस वर्ष महको उत्पादन दोब्बरले वृद्धि भएको छ। गत वर्ष विभिन्न कारणले मह उत्पादन घटेको थियो। जिल्लाको सिस्ने गाउँपालिकाको वडा नम्बर २ र ३ मा मौरीपालन हुँदै आएको छ। सिस्ने–३ का ओमप्रकाश खड्काले २५० धार्नी मह बिक्री गरेर यो याममा सात लाख ५० हजार आम्दानी गरेका छन्।

अब एक सय ४० धार्नी मह बिक्री हुन बाँकी रहेको उनले बताए। ‘यस वर्ष राम्रो मह उत्पादन भएको छ । मैले यो याममा मौरी घारबाट निकालेको मह सबै बिक्री भयो भने १२ लाखसम्म कमाउँछु,’ किसान खड्काले भने। सोही वडाका अर्का मौरीपालक किसान कमलाल खड्काले पनि ६०  घारबाट एक सय ८० धार्नी मह निकालेका छन्।

मह निकाल्न अझै दश  मौरीका गोला बाँकी छन् भने एक सय आठ धार्नी मह बिक्री भइसकेको छ। उनले बिक्री भएको महबाट रु तीन लाख २४ हजार आम्दानी गरेका छन्। अझै ७२ धार्नी मह बिक्री हुन बाँकी छ ।

‘यो याममा रु सात लाख बराबरको आम्दानी हुने भएको छ,’ उनले भने। त्यहाँ एक किलो महको मूल्य १२ सयसम्म पर्छ । यस क्षेत्रको मह रुकुम पश्चिम, दाङ, सल्यान, जाजरकोट, नेपालगञ्ज पोखरा र काठमाडौँलगायत सहरमा पुग्ने गरेको छ । सिस्ने –३ मा यो याममा ९० लाख बराबरको मह उत्पादन भएको वडाध्यक्ष हेराम खड्काले जानकारी दिए।

अघिल्लो वर्षका तुलनामा यस वर्ष जिल्लामा दोब्बरले मह उत्पादन भएको एकीकृत तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख पिताम्बर बस्नेतले जानकारी दिए। गत वर्ष जिल्लामा १२ सय मौरीका गोलाबाट छ सय मेट्रिक टन मात्र मह उत्पादन भएको थियो भने यस वर्ष १७ सय मौरीका गोलाबाट १२ सय मेट्रिक टन मह उत्पादन भएको प्रारम्भिक अनुमान कार्यालयले गरेको छ।  

अझै पनि किसानको मह निकाल्ने काम जारी भएको हुँदा अहिल नै यति मह उत्पादन भएको छ भनेर भन्न नसकिने उनले बताए। उत्पादित महको ८० प्रतिशत मात्र बिक्री भयो भने पनि रु एक करोड १५ लाख २० हजार  जिल्लामा आम्दानी हुने सो कार्यालयले जनाएको छ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण

काठमाडौं – सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले

काठमाडौं – सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा स्टार्टअप कर्जाका लागि देशभरिबाट ९६६ प्रस्तावक छनोट गरेको छ । औद्योगिक व्यवसाय