"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

टिआरसी विधेयकमा बाधा नगर्ने द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारको प्रतिवद्धता

प्रकाशित मिति :  9 January, 2024 4:34 pm


काठमाडौँ । सशस्त्र द्वन्द्वको क्रममा मृत्यु भएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी संसदमा विचाराधीन टिआरसी विधेयकमा आफूहरूले कुनै बाधा नगर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

टिआरसी विधेयकमा द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारका सम्भव मागहरू सम्बोधन गर्न आग्रह गर्दै उनीहरूले सरकारले सशस्त्र द्वन्द्वका क्रममा राज्य पक्ष र विद्रोहीबाट मारिएका दुवै पक्षलाई समान व्यवहार गरेका कारण आफूहरू विधेयकमा बाधक नबन्ने स्पष्ट गरेका हुन्।

भेटमा द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारका वरिष्ठ उपाध्यक्ष रिता कार्कीले युद्धको पीडा र मर्म प्रधानमन्त्री प्रचण्डलाई जति अरू नेताहरूलाई बोध नहुने भन्दै प्रधानमन्त्रीकै कार्यकालमा द्वन्द्वपीडितका सबै मागहरू सम्बोधन हुने विश्वाससमेत व्यक्त गरिन्।

भेटमा प्रधानमन्त्री प्रचण्डले सरकारले सरकार र विद्रोही दुवैतर्फबाट मारिएका परिवारलाई समान व्यवहार गरेको र भविष्यमा समेत कुनै प्रकारको भेदभाव नहुने स्पष्ट पार्दै टिआरसी विधेयकमा सम्भव विषयहरू राखेर परिमार्जन गर्ने बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन् । सोमबार बिहान शीतल

काठमाडौँ – नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेशमा सहकार्य गर्ने विषयमा सहमति भएको छ। दुवै दलबीच प्रदेश सरकार

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय