"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मेसीले जिते फिफा वेस्ट अवार्ड २०२३

प्रकाशित मिति :  16 January, 2024 11:20 am


काठमाडौँ । ३६ वर्षीय अर्जेन्टिनी खेलाडी लियोनल मेसीले वर्ष २०२३ को फिफा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् । गएराति लण्डनमा भएको छनोटमा मेसीले केलियन एम्बाप्पे र म्यानचेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्डलाई पछि पार्दै अवार्ड जितेका हुन् । मेसीको यो तेस्रो अवार्ड हो ।

यसअघि सन् २०१९ र २०२२ मा पनि  उनले फिफा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका थिए । मेस्सीले गत जुनमा मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीमा सर्नु अघि पेरिस सेन्ट जर्मेनबाट सन् २०२३ सुरु गरेका थिए । यसैगरी, म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला उत्कृष्ट पुरुष प्रशिक्षक भएका छन् भने म्यानचेष्टर सिटीकै गोलकिपर इडर्सन उत्कृष्ट गोलकिपर घोषित भए । रियल म्याड्रिडका थिबाउट कोर्टोइस र अल हिलालका यासिन बोनोउलाई पछि पार्दै उनले गोलकिपरको अवार्ड जितेका हुन् ।

यसैगरी फिफाको वर्षको उत्कृष्ट टोलीमा सिटीका ६ खेलाडीले स्थान बनाएका छन् । स्ट्राइकर हाल्यान्डसँगै केभिन डे ब्रुयना, बर्नान्डो सिल्भा, रुवेन डिआज, केली वाल्कर र जोन स्टोनस छन् । सिटीले २०२२-२३ मा प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कपको ट्रेबल जितेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार