"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मुलुकलाई जोगाउन आन्दोलनमा जानुपर्ने परिस्थिति बन्दै छ : अध्यक्ष ओली

प्रकाशित मिति :  17 January, 2024 2:03 pm


काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले मुलुकलाई बर्बाद हुनबाट जोगाउन केही समयभित्र सशक्त आन्दोलनमा उत्रनुपर्ने अवस्था सिर्जना भइरहेको बताएका छन् । मनोनीत केन्द्रीय सदस्यलाई मंगलबार पार्टी केन्द्रीय कार्यालयमा शपथ गराउँदै ओलीले त्यस्तो बताएका हुन् ।

राष्ट्रिय स्वाभिमान र एकतामाथि प्रश्न उठ्ने गरी संकट बढ्दै गएको र अर्थतन्त्र डामाडोल बन्दै गएको दाबी गर्दै उनले सत्तारूढ गठबन्धनबाट मुलुकको नेतृत्व सम्भव नभएको बताए । देशको अवस्था अहिलेजस्तो खराब कहिल्यै नभएको उनको भनाइ थियो । 

नेपाली समाज, राजनीति, अर्थतन्त्र, संस्कृति हरेक क्षेत्रमा आक्रमण भइरहेको चर्चा गर्दै ओलीले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्दै राष्ट्र जोगाउने पक्षमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । मुलुकमा धार्मिक विद्वेष फैलाउने र पहिचानका नाममा राजनीति भाँड्ने काम भइरहेको ओलीको भनाइ थियो ।

विद्युत् व्यापार, देशको भूभागको रक्षालगायत विषयमा वर्तमान गठबन्धन सरकार छिमेकीका लागि कम्फर्टेबल मात्र नभई घुँडाटेकुवा, दलाल र आत्मसमर्पणवादी भएको पनि ओलीले आरोप लगाए । पार्टीभित्र अराजकता र अनुशानहीनता बढ्न थालेकोतर्फ ध्यानाकर्षण गराउँदै उनले आगामी ०८१ पार्टीका लागि शुद्धीकरण र सुदृढीकरणको वर्षका रूपमा अभियान चलाइने बताए । 

ओलीले पार्टी केन्द्रीय कमिटीमा मनोनीत ६ जना नयाँ केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथग्रहण गराए । गत २० पुसमा बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीका पाँचजना निवर्तमान प्रदेश अध्यक्ष र एकजना जिल्ला अध्यक्षसहित ६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन् । सोमबार बिहान शीतल

काठमाडौँ – नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेशमा सहकार्य गर्ने विषयमा सहमति भएको छ। दुवै दलबीच प्रदेश सरकार

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय