"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मुलुकलाई जोगाउन आन्दोलनमा जानुपर्ने परिस्थिति बन्दै छ : अध्यक्ष ओली

प्रकाशित मिति :  17 January, 2024 2:03 pm


काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले मुलुकलाई बर्बाद हुनबाट जोगाउन केही समयभित्र सशक्त आन्दोलनमा उत्रनुपर्ने अवस्था सिर्जना भइरहेको बताएका छन् । मनोनीत केन्द्रीय सदस्यलाई मंगलबार पार्टी केन्द्रीय कार्यालयमा शपथ गराउँदै ओलीले त्यस्तो बताएका हुन् ।

राष्ट्रिय स्वाभिमान र एकतामाथि प्रश्न उठ्ने गरी संकट बढ्दै गएको र अर्थतन्त्र डामाडोल बन्दै गएको दाबी गर्दै उनले सत्तारूढ गठबन्धनबाट मुलुकको नेतृत्व सम्भव नभएको बताए । देशको अवस्था अहिलेजस्तो खराब कहिल्यै नभएको उनको भनाइ थियो । 

नेपाली समाज, राजनीति, अर्थतन्त्र, संस्कृति हरेक क्षेत्रमा आक्रमण भइरहेको चर्चा गर्दै ओलीले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्दै राष्ट्र जोगाउने पक्षमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । मुलुकमा धार्मिक विद्वेष फैलाउने र पहिचानका नाममा राजनीति भाँड्ने काम भइरहेको ओलीको भनाइ थियो ।

विद्युत् व्यापार, देशको भूभागको रक्षालगायत विषयमा वर्तमान गठबन्धन सरकार छिमेकीका लागि कम्फर्टेबल मात्र नभई घुँडाटेकुवा, दलाल र आत्मसमर्पणवादी भएको पनि ओलीले आरोप लगाए । पार्टीभित्र अराजकता र अनुशानहीनता बढ्न थालेकोतर्फ ध्यानाकर्षण गराउँदै उनले आगामी ०८१ पार्टीका लागि शुद्धीकरण र सुदृढीकरणको वर्षका रूपमा अभियान चलाइने बताए । 

ओलीले पार्टी केन्द्रीय कमिटीमा मनोनीत ६ जना नयाँ केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथग्रहण गराए । गत २० पुसमा बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीका पाँचजना निवर्तमान प्रदेश अध्यक्ष र एकजना जिल्ला अध्यक्षसहित ६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।