"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रवि लामिछाने र जीबी राईविरुद्ध सहकारी विभागमा उजुरी

प्रकाशित मिति :  17 January, 2024 3:41 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईविरुद्ध सहकारी विभागमा उजुरी दर्ता भएको छ। गोरखा मिडिया नेटवर्कका अध्यक्ष राई ग्यालेक्सी टीभीका सञ्चालक हुन्। लामिछाने उक्त मिडियाका पूर्व प्रबन्ध निर्देशक हुन्।

उनीहरूविरुद्ध कारबाहीको माग गर्दै नेपाली नागरिकका तर्फबाट युवराज सफलले दिएको उजुरीमा भनिएको छ, ‘सहकारी ऐनभन्दा बाहिर गई कारोबार गरी सहकारीसम्बन्धी कसुरमा संलग्न उल्लिखित सहकारीका पदाधिकारी, सञ्चालक र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई र तत्कालीन ग्यालेक्सी टिभीका सञ्चालक र गोरखा मिडिया नेटवर्कका एमडी रवि लामिछानेलाई कानुनबमोजिम हदैसम्मको कारबाही गर्न यो निवेदन पेस गरेको छु।’

सफलले सहकारीबाट लिखित सम्झौताबिना कर्जा लिएको भए संगठित अपराध, जालसाजी, षड्यन्त्र गरी सहकारीको पैसा हिनामिना गरेको विषयमा अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पत्राचार गर्न माग गरेका छन्।

‘निजहरूले कुनै लिखित सम्झौता बिना कर्जा लिने दिने कार्य गरेका रहेछन् भने पनि संगठित अपराध, जालसाजी ,षड्यन्त्र गरी सहकारीको पैसा लगी हिनामिना गरेको हुँदा यससम्बन्धी आवश्यक अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा पत्राचार गर्नुहुन पनि रजिस्टाज्यूको ध्यानाकर्षण गराउन चाहन्छु’, निवेदक सफलले भनेका छन्।

सफलले यसअघि पनि लामिछानेको नागरिकताका विषयमा मुद्दा दायर गरेका थिए। उनकै मुद्दाको कारण लामिछानेको नागरिकता खारेज भएको थियो भने सांसद पद पनि गएको थियो। मुद्दा हारेपछि फेरि नागरिकता लिएका लामिछाने उपनिर्वाचनबाट दोस्रोपटक संसद् प्रवेश गरेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । प्रमुख सचेतक श्याम घिमिरेसहित ७ जनाका तर्फबाट

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच आइतबार सिंहदबारमा

काठमाडौँ — पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे