"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रवि लामिछाने र जीबी राईविरुद्ध सहकारी विभागमा उजुरी

प्रकाशित मिति :  17 January, 2024 3:41 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईविरुद्ध सहकारी विभागमा उजुरी दर्ता भएको छ। गोरखा मिडिया नेटवर्कका अध्यक्ष राई ग्यालेक्सी टीभीका सञ्चालक हुन्। लामिछाने उक्त मिडियाका पूर्व प्रबन्ध निर्देशक हुन्।

उनीहरूविरुद्ध कारबाहीको माग गर्दै नेपाली नागरिकका तर्फबाट युवराज सफलले दिएको उजुरीमा भनिएको छ, ‘सहकारी ऐनभन्दा बाहिर गई कारोबार गरी सहकारीसम्बन्धी कसुरमा संलग्न उल्लिखित सहकारीका पदाधिकारी, सञ्चालक र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई र तत्कालीन ग्यालेक्सी टिभीका सञ्चालक र गोरखा मिडिया नेटवर्कका एमडी रवि लामिछानेलाई कानुनबमोजिम हदैसम्मको कारबाही गर्न यो निवेदन पेस गरेको छु।’

सफलले सहकारीबाट लिखित सम्झौताबिना कर्जा लिएको भए संगठित अपराध, जालसाजी, षड्यन्त्र गरी सहकारीको पैसा हिनामिना गरेको विषयमा अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पत्राचार गर्न माग गरेका छन्।

‘निजहरूले कुनै लिखित सम्झौता बिना कर्जा लिने दिने कार्य गरेका रहेछन् भने पनि संगठित अपराध, जालसाजी ,षड्यन्त्र गरी सहकारीको पैसा लगी हिनामिना गरेको हुँदा यससम्बन्धी आवश्यक अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा पत्राचार गर्नुहुन पनि रजिस्टाज्यूको ध्यानाकर्षण गराउन चाहन्छु’, निवेदक सफलले भनेका छन्।

सफलले यसअघि पनि लामिछानेको नागरिकताका विषयमा मुद्दा दायर गरेका थिए। उनकै मुद्दाको कारण लामिछानेको नागरिकता खारेज भएको थियो भने सांसद पद पनि गएको थियो। मुद्दा हारेपछि फेरि नागरिकता लिएका लामिछाने उपनिर्वाचनबाट दोस्रोपटक संसद् प्रवेश गरेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – स्थानीय तह र प्रदेशमा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएको छ । प्रतिनिधिसभा सदस्यको चुनाव लड्न स्थानीय

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं – तीव्र गतिको इन्टरनेट सेवा (फिक्स्ड ब्रोडब्यान्ड) उपलब्धतामा नेपालले दक्षिण एसियाली क्षेत्रमै फड्को मारेको छ । इन्टरनेटको गति मापन

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन