"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अन्तर्राष्ट्रिय शान्ति र स्थिरतामा कम्पाला घोषणापत्रले जोड दिएको छ : प्रधानमन्त्री

प्रकाशित मिति :  21 January, 2024 11:10 am


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले असंलग्न राष्ट्रहरुको १९औं शिखर सम्मेलनले अन्तिम दस्ताबेज (फाइनल डकुमेन्ट) कम्पाला घोषणापत्र पारित गरेको  बताएका छन् । तीन दिने युगान्डा भ्रमण सकेर आइतबार बिहान स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा  शिखर सम्मेलनले प्यालेस्टाइनसम्बन्धी घोषणा पत्र पारित गरेको पनि बताए ।

कम्पाला घोषणापत्रले अन्तर्राष्ट्रिय शान्ति, स्थिरता, संयुक्त राष्ट्रसंघको, सुदृढीकरण, बहुपक्षीयताको प्रवर्द्धन, सार्वभौमिक समानता, स्वतन्त्रता, अहस्तक्षेप, न्यायपूर्ण विश्व व्यवस्था, दक्षिण सहयोग, आन्दोलनका सदस्यहरुबीच आन्तरिक एकता र सद्भाव, ऐक्यवद्धता, दिगो विकासका लक्ष्य हासिल गर्ने जस्ता लक्ष्यहरुमा जोड दिएको उनको भनाइ छ ।

उनले भने, ‘असंलग्न राष्ट्रहरुको १९ औं शिखर सम्मेलनले अन्तिम दस्ताबेज (फाइनल डकुमेण्ट) कम्पाला घोषणा पत्र र प्यालेस्टाइन सम्बन्धी घोषणा पत्र पारित गरेको छ । कम्पाला घोषणा पत्रले अन्तर्राष्ट्रिय शान्ति, स्थिरता, संयुक्त राष्ट्रसंघको, सुदृढिकरण, बहुपक्षियताको प्रवद्र्धन, सार्वभौमिक समानता, स्वतन्त्रता, अहस्तक्षेप, न्यायपूर्ण विश्व व्यवस्था, दक्षिण सहयोग, आन्दोलनका सदस्यहरुबीच आन्तरिक एकता र सद्भाव, ऐक्यवद्धता, दिगो विकासका लक्ष्य हासिल गर्ने जस्ता लक्ष्यहरुमा जोड दिइएको छ ।’

प्रधानमन्त्री दाहालले द्वितीय विश्वयुद्धको समाप्तिपछि विश्व व्यवस्था दुई ध्रुवमा विभाजित रहेको परिस्थितिमा स्वतन्त्रता, स्वाधिनता र आर्थिक विकासको पक्षमा तेस्रो धारका रुपमा विकास भएको असंलग्न आन्दोलनको सान्दर्भिकताबारे केही प्रश्न उत्पन्न भए पनि असमानता, नवउपनिवेशवाद, भूराजनीतिक द्वन्द्व, गरिबी जस्त समस्यायुक्त वर्तमान विश्वमा असंलग्न आन्दोलनको ठूलो भूमिका रहेको कुरामा विमति हुन नसक्ने बताए । ‘द्वितीय विश्वयुद्धको समाप्तिपछि विश्व व्यवस्था दुई ध्रुवमा विभाजित रहेको परिस्थितिमा स्वतन्त्रता, स्वाधिनता र आर्थिक विकासको पक्षमा तेस्रो धारका रुपमा विकास भएको असंलग्न आन्दोलनको सान्दर्भिकताबारे केही प्रश्न उत्पन्न भए पनि असमानता, नवउपनिवेशवाद, भूराजनीतिक द्वन्द्व, गरिबी जस्त समस्यायुक्त वर्तमान विश्वमा असंलग्न आन्दोलनको ठूलो भूमिका रहेको कुरामा विमति हुन सक्दैन,’ प्रधानमन्त्री दाहालले भने ।

प्रधानमन्त्री दाहालले विश्व व्यवस्थालाई न्यायपूर्ण, समतामूलक बनाउँदै सबै देशलाई स्वतन्त्रता, स्वाधिनता र भौगोलिक अखण्डताको प्रत्याभूति गर्दै विश्वका सबै मानव समुदायले समृद्धि प्राप्त गरी गरिमायुक्त जीवनयापन गर्ने कार्य सम्पन्न गर्न असंलग्न आन्दोलनको महत्त्व अझै बढेको बताए ।

प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा युगान्डाका राष्ट्रपति, भारतीय विदेशमन्त्री लगायतका उच्च पदस्थ व्यक्तिहरुसँग भेट भएको पनि बताए । उनले नेपालले सार्वभौम समानता, आपसी सद्भाव, आपसी लाभ र द्वन्द्वको शान्तिपूर्ण समाधानको आधारभूत सन्तुलित र स्वतन्त्र परराष्ट्रनीति अवलम्वन गर्ने बताए ।प्रकाशित : माघ ७, २०८० १०:४५



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद