"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

१९ वर्षमुनिको विश्व कप क्रिकेटमा न्युजिल्यान्डसँग भिड्दै नेपाल

प्रकाशित मिति :  21 January, 2024 12:03 pm


काठमाडौँ । १९ वर्षमुनिको विश्व कप क्रिकेटमा नेपालले पहिलो खेल न्युजिल्यान्डसँग खेल्दैछ। खेल आज दिउँसो पौने २ बजे हुनेछ। १९ वर्षमुनिको विश्व कप क्रिकेटमा नेपालले ८ वर्षपछि न्युजिल्‍यान्डसँग खेल्न लागेको हो। १९ वर्षमुनिको विश्व कप क्रिकेट विश्वकपमा नेपाल र न्युजिल्यान्डबीचको यो तेस्रो भेट हो। यसअघिका दुवै खेलमा नेपालले जित निकालेको थियो। नेपाल र न्युजिल्यान्डबीच सन् २००६ को विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा भएको थियो।

नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ। न्युजिल्यान्डसँगै नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान पनि परेका छन्। जनवरी २४ तारिखमा नेपालले पाकिस्तानसँग आफ्नो दोस्रो खेल खेल्नेछ। नेपालले तेस्रो खेल जनवरी २७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ। विश्वकप क्रिकेट प्रतियोगिताको १५औँ संस्करण शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरु भएको हो।

समूहगत चरणको खेलको समाप्तिपछि प्रत्येक समूहको माथिल्लो स्थानमा रहने तीनतीन टोली प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछन्। ‘सुपर सिक्स’ चरणमा पुगेका टोलीलाई पनि दुई समूहमा विभाजन गरिने छ। समूह ‘ए’ र समूह ‘डी’ बाट आएका तीनतीन टोली एउटा समूहमा रहने छन्।

यसैगरी समूह ‘बी’ र समूह ‘सी’ बाट आएका तीनतीन टोली भने ‘सुपर सिक्स’ चरणको अर्को समूहमा रहने छन्। ‘सुपर सिक्स’ चरणमा प्रत्येक टोलीले दुईदुई खेल खेल्नेछन्। समूह ‘ए’ को विजेताका रूपमा ‘सुपर सिक्स’ चरणमा पुगेको टोलीले समूह ‘डी’ को विजेतासँग भने खेल्ने छैन।

समूह ‘ए’ को विजेताले समूह ‘डी’ को उपविजेता र तेस्रो हुने टोलीसँग मात्र खेल्नेछ । समूह ‘डी’ को विजेताले पनि ‘सुपर सिक्स’ चरणमा समूह ‘ए’ को उपविजेता र तेस्रो हुने टोलीसँग मात्र प्रतिस्पर्धा गर्नेछ।

‘सुपर सिक्स’ चरणको खेलपछि दुवै समूहको माथिल्लो स्थानमा रहने दुईदुई टोली यू-१९ विश्वकपको १५औँ संस्करणको सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको सेमिफाइनलमा ‘सुपर सिक्स’ चरणको एउटा समूहमा पहिलो भएको टोलीले अर्को समूहमा दोस्रो भएको टोलीसँग प्रतिस्पर्धा गर्नेछन्।

त्यसपछि सेमिफाइनल खेलमा विजयी हुने दुवै टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल फेब्रुअरी ११ तारिखमा खेलिने छ। भारत विश्वकपको साविक विजेता राष्ट्र हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार