"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

यू-१९ विश्वकप क्रिकेट : दुई खेल हारेको नेपाल अंकविहीन

प्रकाशित मिति :  25 January, 2024 12:37 pm


काठमाडौँ- आईसीसी यू-१९ विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ। निर्धारित ५० ओभरको खेलमा १४ बल बाँकी रहँदै पाकिस्तानले लक्ष्य भेटाएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सबै विकेट गुमाउँदै पाकिस्तानलाई १९८ रनको लक्ष्य दिएको थियो।  प्रतियोगिताको समूह डी मा रहेको नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो।

पाकिस्तानले दुई खेलबाट चार अंक जोड्न सफल भएको छ। लगातार दुई खेल हारेको नेपाल अंकविहीन छ।

अब नेपालले शुक्रबार अफगानिस्तानको सामना गर्नेछ। सो खेलको विजेता न्युजिल्याण्ड र पाकिस्तानसँगै सुपर सिक्स चरणमा प्रवेश गर्नेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार