"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

यू-१९ विश्वकप क्रिकेट : दुई खेल हारेको नेपाल अंकविहीन

प्रकाशित मिति :  25 January, 2024 12:37 pm


काठमाडौँ- आईसीसी यू-१९ विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ। निर्धारित ५० ओभरको खेलमा १४ बल बाँकी रहँदै पाकिस्तानले लक्ष्य भेटाएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सबै विकेट गुमाउँदै पाकिस्तानलाई १९८ रनको लक्ष्य दिएको थियो।  प्रतियोगिताको समूह डी मा रहेको नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो।

पाकिस्तानले दुई खेलबाट चार अंक जोड्न सफल भएको छ। लगातार दुई खेल हारेको नेपाल अंकविहीन छ।

अब नेपालले शुक्रबार अफगानिस्तानको सामना गर्नेछ। सो खेलको विजेता न्युजिल्याण्ड र पाकिस्तानसँगै सुपर सिक्स चरणमा प्रवेश गर्नेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको