"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

यू-१९ विश्वकप : नेपालले भारत, र बंगालदेशसँग प्रतिस्पर्धा गर्ने

प्रकाशित मिति :  27 January, 2024 1:01 pm


काठमाडौं । नेपाल आइसिसी यू-१९ विश्वकप २०२४ को सुपर-६ मा प्रवेश गरेको छ। समूहको अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै नेपाल समूह ‘डी’ मा तेस्रो बन्दै सुपर-६ मा पुगेको हो।  अब सुपर-६ मा नेपालले समूह ‘ए’ का भारत, र बंगालदेशसँग प्रतिस्पर्धा गर्नेछ। 

अफगानिस्तानसँग रोमाञ्चक जित निकाल्ने क्रममा नेपालले १४६ रनको लक्ष्य ९ विकेटको क्षतिमा ४४.४ ओभरमा पूरा गर्‍यो। नेपालको जितमा कप्तान देव खनालले अर्धशतक प्रहार गरे। सातौं विकेटको रुपमा आउट हुनुअघि उनले ८९ बलमा ७ चौका प्रहार गर्दै ५८ रन जोडे। त्यसअघि ओपनरद्वय अर्जुन कुमाल १० रन, विपिन रावल ३ रन र गुल्सन झा १ रनमा आउट हुँदा नेपालमाथि दबाब परेको थियो।तर कप्तान देव खनालले धैर्यपूर्वक ब्याटिङ गरे। 

देवलाई १६ रन बनाएका आकास त्रिपाठीले साथ दिँदा नेपालको स्कोर बढेको थियो। तर दीपक डुम्रे ५ रन र दिपेश कँडेल ४ रनमा आउट भए।  दीपक बोहरा नेपाललाई ६ रन चाहिएको बेला २७ रन जोडेर आउट भएका थिए। यस्तै ४४ ओभरको अन्तिम बलमा आकास चन्द पनि १ रनमा आउट हुँदा नेपालको नवौं विकेटको थियो। त्यतिबेला नेपाललाई जितका लागि दुई रन चाहिएको थियो। सुवास भण्डारीले नटआउट ९ रन जोडेपछि नेपालले कठिन जित दर्ता गरायो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको