"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

यू-१९ विश्वकप : बाकी दुई खेल नखेल्दै सुपर सिक्सबाट बाहिरियो नेपाल

प्रकाशित मिति :  31 January, 2024 12:49 pm


काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपमा सुपर सिक्सका खेल नखेल्दै नेपाल सेमिफाइनल दौडबाट औपचारिक रुपमा बाहिरिएको छ । सुपर सिक्सको पहिलो दिन भारत र पाकिस्तान दुवै विजयी भएसँगै नेपाल बाहिरिएको हो ।

सुपर सिक्समा नेपालले बुधबार बंगलादेशसँग र शुक्रबार भारतसँग खेल्ने तय भएको थियो । बंगलादेश र भारतलाई हराए पनि नेपालको ४ अंक हुनेछ ।

तर भारत र पाकिस्तानको सुपर सिक्समा समान एक खेल अगावै ६–६ अंक रहेकाले नेपाल सेमिफाइनल दौडबाट बाहिरिएको हो । नेपालसँगै आयरल्यान्ड र न्युजिल्यान्ड पनि ग्रुप ए को सुपर सिक्सबाट औपचारिक रुपमा बाहिरिएका छन् ।

सुपर सिक्समा भारत ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । त्यस्तै पाकिस्तान ३ खेलमा समान ६ अंकका साथ नेटरनरेटको कारण दोस्रो स्थानमा छ । नेपाल भने २ खेलमा अंक विहीन हुँदै पाँचौं स्थानमा छ ।

नेपालले हराएको अफगानिस्तान सुपर सिक्समा आउन सकेको थिएन । त्यसैले नेपालको कुनै अंक छैन । नियम अनुसार आफूले हराएको टोली सुपर सिक्समा पुगेको मात्रै अंक जोडिन्छ । त्यसैले समूह ‘ए’ बाट भारत र समूह ‘डी’ बाट पाकिस्तान अपराजित रहँदै सुपर सिक्स खेल्नु अघि नै ४–४ अंकका साथ आएका थिए । आजको जितले ६–६ अंकमा पुग्दै सेमिफाइनल अनौपचारिकता बाँकी राखेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार