"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चिनियाँ विदेश मन्त्री नेपाल आउँदै

प्रकाशित मिति :  9 March, 2022 12:00 pm


एजेन्सी । उत्तरी छिमेकी चीनका विदेश मन्त्री वाङ यी नेपाल आउने भएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अहिले वाङको भ्रमणको तयारी भइरहेको छ। ‘दुबैतिर तयारी भइरहेको छ। मिति तोक्न बाँकी छ। छिट्टै हुने सम्भावना छ,’ परराष्ट्र स्रोतले भन्यो।

यसअघि सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री नारायण खड्काले नेपालमा उच्चस्तरीय भ्रमण हुन लागेको बताएका थिए।


उनले कसको भ्रमण हुन लागेको हो भन्नेबारे जानकारी दिएका थिएनन्। पछिल्लो समय नेपालमा अमेरिकी सहयोग परियोजना एमसिसी पास गर्न बेलामा चीनले सार्वजनिक रूपमै टिप्पणी गरेको थियो।

एमसिसीमा अमेरिकाले धम्कीपूर्ण कूटनीति सुरू गरेको र यो सहयोग हो कि पान्डोराज बक्स भन्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताहरूको टिप्पणीले काठमाडौंको कूटनीतिक वृत्तमा चर्चा पाएको थियो।

एमसिसी पारित भएपछि पछिल्लो समय अमेरिकासँग व्यापार युद्ध गरिरहेको उत्तरी छिमेकी चीनसँग नेपालको सम्बन्ध कसरी अघि बढ्ला भन्ने चासो भइरहेका बेला चिनियाँ विदेश मन्त्री काठमाडौं आउन लागेका हुन्।


परराष्ट्र मन्त्रालयले अहिले वाङको भ्रमणमा क्रममा हस्ताक्षर हुने एजेन्डाहरूमा तयारी गरिरहेको छ।

वाङ यसअघि २०७६ असोजमा भएको राष्ट्रपति सी चिनफिङको भ्रमणअघि नेपाल आएका थिए। गत वर्ष मंसिरमा चीनका रक्षा मन्त्री वेइ फेङहे काठमाडौं आएका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाल सरकारले अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकहरूलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले

काठमाडौँ- ब‌गलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमानले नेपालमा हुन गइरहेको संसदीय निर्वाचन सफलताका लागि शुभकामना व्यक्त गरेका छन्। सपथग्रहण कार्यक्रममा सहभागी हुन

काठमाडौँ — आइतबार भएको जापानको तल्लो सदनको निर्वाचनबाट प्रधानमन्त्री सानाए ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी(एलडिपी) ले ऐतिहासिक विजय हासिल गरेको छ।

काठमाडौँ — महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको विमान दुर्घटनामा परी मृत्यु भएको छ । बारामतीमा उनी सवार विमान दुर्घटनामा परेको छ