"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दयाहाङ अभिनय रहेको ‘दयारानी’ शुक्रबारदेखि प्रदर्शन

प्रकाशित मिति :  8 February, 2024 1:53 pm


काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको सोसल-ड्रामा फिल्म ‘दयारानी’को अग्रिम टिकट बिक्री खुला भएको छ । माओत्से गुरुङ निर्देशित फिल्मले देशव्यापी ११३ शो प्राप्त गरेको छ ।

पोखरा प्रिमियर गरिसकेको फिल्मले बिहीबार काठमाडौं प्रिमियर गर्दैछ । निर्देशक गुरुङले पोखराबाट प्राप्त प्रतिक्रियाले दर्शक हलमा आउन सक्ने विश्वास व्यक्त गरे । क्यूएफएक्सले यो फिल्मलाई काठमाडौं उपत्यका र अन्य सहरमा गरी ३६ शो उपलब्ध गराएको छ ।

आईएनआईले १२, बिग मुभिजले ६, वान सिनेमाजले नौ शो दिएका छन् । रञ्जना, सीके, बीएसआर, सीडीसी र क्युज हलले पनि सोही अनुपातमा शो विभाजन गरेका छन् । दयारानीको नेपालमा मात्र नभई सोही दिन अमेरिका रिलिज हुनेछ भने अष्ट्रेलियामा नेपालभन्दा एक दिन अगाडि रिलिज हुनेछ । दुवै देशमा फिल्मको ४०० शो तय भएको जनाइएको छ ।

अमेरिकाका २३ हलमा १९७ शो पक्का भएको अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले जनाएको छ । टेक्सस, न्युयोर्क, ओहायो, क्यालिफोर्निया, सिकागोलगायत नेपालीको संख्या उल्लेख्य रहेका सहरमा फिल्म रिलिज हुने जनाइएको छ ।

अष्ट्रेलियामा पनि मुख्य सहरहरुमा फिल्म लाग्ने पनि उल्लेख छ । यो फिल्म खाडीका मुलुकमा १५ फेब्रुअरी र भोलिपल्ट युरोपेली मुलुकमा रिलिज हुने जनाइएको छ ।

रामबाबु गुरुङको बाँसुरी र माओत्से फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मलाई शैलेन्द्रध्वज कार्कीले खिचेका हुन् । फिल्ममा दयाहाङ राई, दीया पुन, विजय बराल, प्रमिशा गुरुङ, पुस्कर गुरुङ, टीकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सूर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र कृष्टि गुरुङको अभिनय छ ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बू र न्यु आईटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । सिनेमाको कास्टिङ डाइरेक्टर मणिराम पोखरेल हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- साहित्यकार श्रवण मुकारुङको उपन्यास ‘सलह’ सार्वजनिक गरिएको छ । उपन्यासकार मुकारुङले आफ्नो पुस्तक संगीतकार कालीप्रसाद बाँस्कोटा, सिनेमा निर्देशक रामबाबु गुरुङ

काठमाडौं – टीकापुरमा ‘टीकापुर साहित्य महोत्सव २०८२’ (तेस्रो संस्करण) सफलतापूर्वक सम्पन्न भएको छ । टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानको

काठमाडौँ – चलचित्र विकास बोर्डले २०८२ सालको राष्ट्रिय तथा विशेष चलचित्र पुरस्कारमा सहभागिताका लागि आवेदन आह्वान गरेको छ। बोर्डले एक सूचना

काठमाडौँ- राष्ट्रियसभाबाट ‘चलचित्र विधेयक २०८१’ सर्वसम्मतले पारित भएको छ। सिंहदरबारमा बुधबार बसेको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीको