"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

त्रिकोणात्मक शृंखलाका लागि नेपाली टिमको घोषणा

प्रकाशित मिति :  14 February, 2024 11:07 am


काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी मेन्स सीडब्लूसी लिग–टुअन्तर्गतको त्रिकोणात्मक शृंखलाका लागि बुधबार नेपाली टिमको घोषणा गरेको छ । रोहित पौडेलको नेतृत्वमा रहेको टिममा १५ सदस्य छन् र त्यसमा अनिल शाह र देव खनाललाई पनि समावेश गरिएको छ ।

टिममा परेका अन्य खेलाडीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ छन् ।

त्रिकोणात्मक शृंखलामा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स छन् । नेपालले बिहीबारको आफ्नो पहिलो खेलमा नामिबियाको सामना गर्नेछ । शनिबारको दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग भिड्ने छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार