"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

महासमिति समक्ष नेविसंघले राख्यो महाधिवेशन गर्ने कार्यतालिका

प्रकाशित मिति :  21 February, 2024 12:04 pm


काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले १२ औं महाधिवेशन ०८१ असार ११ गते गर्ने गरी प्रस्ताव गरेको छ। कांग्रेसको जारी महासमिति बैठकमा सहभागी केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले नेविसंघ महाधिवेशनको कार्यतालिका नै प्रस्ताव गरेका हुन्।

उनले चैत १५ देखि ०८१ वैशाख १५ गतेसम्म सुझाव सङ्कलन र सदस्यता वितरण गर्न प्रतिनिधि चयन गर्ने, प्रतिनिधि चयन गर्न सूची प्रकाशन वैशाख २५ मा, ०८१ जेठ १ गते मावि, उमावि, सिटिइभिटी, क्याम्पसका अधिवेशन गर्ने प्रस्ताव गरेका छन्।

जेठ ३ गते स्थानीय, गाउँ/नगर अधिवेशन, जेठ ६-१० सम्म उपत्यकाभित्रका क्याम्पस विश्वविद्यालयहरू अधिवेशन, जेठ १६ गते ७७ जिल्ला अधिवेशन, जेठ २५ गते प्रदेश अधिवेशन र ०८१ असार ११ गते १२ औं केन्द्रीय महाधिवेशन गर्न अध्यक्ष शेर्पाले प्रस्तावित कार्यतालिका पेश गरेका छन्।

लामो समयदेखि नेविसंघले महाधिवेशन गरेको छैन। कांग्रेसले महाधिवेशन गर्न भन्दै तदर्थ समिति बनाउँदै म्याद थप गर्दै आइरहेको छ। 

यसैबीच नेविसंघले यही फागुन १५ गते बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा केन्द्रीय समिति बैठक बस्नेछ। उक्त बैठकमा १२ औं महाधिवेशन मितिलगायत विषयमा पनि छलफल हुनेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट

काठमाडौं – झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा