"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नामिबियासँग नेपालको लगातार दोस्रो हार

प्रकाशित मिति :  21 February, 2024 4:06 pm


काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपाल नामिबियासँग लगातार दोस्रोपल्ट पराजित भएको छ। नेपाल बुधबार अफ्रिकी टोली नामिबियाविरुद्धको दोस्रो खेलमा २ विकेटले पराजित भएको हो। १६९ रनको लक्ष्य पछ्याएको नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर जित निश्चित गरेको थियो ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नामिबियाका लागि कप्तान जेरार्ड इरासमसले ५६ बलमा ८ चौका र २ छक्कासहित ५२ रन बनाएका थिए। माइकल भ्यान लिंगेनले ३४ बलमा ४ चौका र २ छक्कासहित ३१ रन बनाएका थिए। नेपालका लागि कुशल भुर्तेलले तीन विकेट लिए भने दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, ललित राजवंशी र कुशल मल्लले एकएक विकेट लिएका थिए।

टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपाल ३७.१ ओभरमा १६८ रनमा समेटियो। नेपालका लागि ओपनर आसिफ सेखले अर्धशतक प्रहार गरेका थिए। अन्य ब्याटरले भने सोचेअनुरूप प्रदर्शन गर्न सकेनन्। यसअघि फागुन ३ गते भएको खेलमा पनि नेपाल नामिबियासँग पराजित भएको थियो।

अर्को खेल शुक्रबार नामिबियाले नेदरल्यान्डस्सँग खेल्नेछ। आइतबार अन्तिम खेलमा नेदरल्यान्ड्स र नेपालबीच प्रतिस्पर्धा हुनेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार