"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

हेलिकोप्टरबाट डढेलो निभाउँदा सोलुखुम्बुमा १९ लाख खर्च

प्रकाशित मिति :  11 March, 2022 10:13 am


काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ स्थित वन क्षेत्रमा लागेको डढेलो निभाउन सिम्रिक एयरको सवा १९ लाख बिल उठेको छ ।

गाउँपालिकाले सार्वजनिक गरेको विवरण अनुसार सो गाउँपालिकाको सुर्के, नाक्चुङ र तातेलगायत बस्ती आसपासमा लागेको आगो निभाउन हेलिकोप्टरको प्रयोग गरिएको थियो ।

डडेलो नियन्त्रण गर्न तीन दिन लागेको थियो । पहिलो दिन ११७ बकेट, दोस्रो दिन २३ बकेट र तेस्रो दिन ९० बकेट गरी जम्मा २३० बकेट पानी हालिएको थियो । डडेलो नियन्त्रण गर्न सेना, प्रहरी तथा स्थानीय समेत खटिएका थिए ।

गाउँपालिकाका अनुसार स्थानीय सरकारको विपद् व्यवस्थापन कोषबाट १९ लाख २६ हजार ३३० रुपैयाँ हेलिकोप्टरको खर्च भुक्तानी गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव वा सो सरहका ६३ जना कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  राजेश

काठमाडौं – स्थानीय तह र प्रदेशमा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएको छ । प्रतिनिधिसभा सदस्यको चुनाव लड्न स्थानीय

काठमाडौं – देशभरिका ६ महानगरपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा कमजोर काठमाडौं महानगरपालिका रहेको पाइएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त