"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

हेलिकोप्टरबाट डढेलो निभाउँदा सोलुखुम्बुमा १९ लाख खर्च

प्रकाशित मिति :  २७ फाल्गुन २०७८, शुक्रबार १०:१३


काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ स्थित वन क्षेत्रमा लागेको डढेलो निभाउन सिम्रिक एयरको सवा १९ लाख बिल उठेको छ ।

गाउँपालिकाले सार्वजनिक गरेको विवरण अनुसार सो गाउँपालिकाको सुर्के, नाक्चुङ र तातेलगायत बस्ती आसपासमा लागेको आगो निभाउन हेलिकोप्टरको प्रयोग गरिएको थियो ।

डडेलो नियन्त्रण गर्न तीन दिन लागेको थियो । पहिलो दिन ११७ बकेट, दोस्रो दिन २३ बकेट र तेस्रो दिन ९० बकेट गरी जम्मा २३० बकेट पानी हालिएको थियो । डडेलो नियन्त्रण गर्न सेना, प्रहरी तथा स्थानीय समेत खटिएका थिए ।

गाउँपालिकाका अनुसार स्थानीय सरकारको विपद् व्यवस्थापन कोषबाट १९ लाख २६ हजार ३३० रुपैयाँ हेलिकोप्टरको खर्च भुक्तानी गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

स्याङ्जा – पछिल्लो समय गल्याङ नगरपालिकाले विभिन्न सुचकहरुको सुधारका लागि समयानुकुल नीतिहरुको निर्माण र कार्यान्वयनलाई प्राथमिकतामा राखेको छ । सामाजिक,

काठमाडौं । काठमाडौं विश्वको चौथो प्रदूषित शहर बनेको छ । यो समाचार तयार पार्दासम्म काठमाडौंको वायु प्रदूषण १८५ मापन गरिएको

स्याङ्जा – देशैभरिका गाउँपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका उत्कृष्ट बनेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन

रुपन्देही – वधशाला सञ्चालन सम्बन्धी विवाद समाधानका लागि रुपन्देहीको बुटवल उपमहानगरपालिका र मासु व्यवसायीबीच २५ बुँदे सहमति भएको छ ।