"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

त्रिकोणात्मक टी-२० आई क्रिकेट शृंखला हुदै

प्रकाशित मिति :  26 February, 2024 10:53 am


काठमाडौँ । त्रिकोणात्मक टी-२० आई क्रिकेट शृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले टिम घोषणा गरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेल नेदरल्याण्ड्स र नामिबियासँग हुनेछ। क्यानले रोहित पौडेलको कप्तानी नयाँ टोली घोषणा गरेको छ।

जसमा टिम ‘ए’ र नयाँ खेलाडी हालिएको छ। नेदरल्यान्ड्स र नामिबियासँग एक दिवसीय श्रृंखला खेलेका केही खेलाडी टी-२० मा समेटिएका छैनन्। टी-२० टिममा ए टिमका ६ जना खेलाडीलाई समावेश गरिएको छ। लिग-२ खेलेको टिमका १५ मध्ये ११ जना यथावत छ।

लिग-२ खेलेको टोलीमा रहेका देव खनाल, भीम सार्की, सूर्य तामाङ र पवन सर्राफ बाहिरिएका छन्। नेपाल-ए टिमका कप्तान विनोद भण्डारीसहित सन्दीप जोरा, विवेक यादव, प्रतिश जिसी, रासिद खान र सागर ढकाल टी-२० टिममा समावेश भएका हुन् ।

यस्तै टी-२० मा विशेषज्ञ बलरको रुपमा रहेका अविनाश बोहरा पनि टी-२० सिरिजमा टिममा समेटिएका छन् । टी-२० सिरिजका लागि घोषित १८ सदस्यीय टोलीमा १४ जना आईसीसी टी-२० विश्वकप एसिया छनोट खेलेका टिमकै खेलाडी छन् ।

नेदरल्याण्ड्स र नामिबिया सम्मिलित टी-२० सिरिज मंगलबारदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदै छ । नेपालले टी-२० सिरिजको पहिलो खेल मंगलबार नामिबियासँग खेल्नेछ ।

नेपाली टिम

रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्शन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल साह, रसिद खान, सागर ढकाल, आरिफ शेख र अविनाश बोहरा ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार