"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालले फाइनलमा जोर्डनको सामना गर्दै, सावित्राले फाइनल गुमाउने

प्रकाशित मिति :  28 February, 2024 12:59 pm


एजेन्सी । नेपाल वेस्ट एसियन  फुटबल महासंघ (वाफ) महिला फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ।  मंगलबार राति साउदी अरेबियामा भएको दोस्रो सेमिफाइनलमा लेवनानलाई २-१ गोलले पराजित गरेर नेपाल फाइनलमा पुगेको हो।

पहिलो हाफमा आत्मघाती गोलका कारण पछि परेको नेपालले दुवै गोल दोस्रो हाफमा गर्‍यो।  बराबरी अवस्थामा रहेको बेलमा प्रिति राईले पाँच मिनेटको इन्जुरी टाइमको अन्तिम मिनेटमा गोल गर्दा  नेपालले रोमाञ्चक जित निकाल्न सफल भयो।

कर्नर बल क्लियर हुँदै डिबक्स बाहिर आएकोमा प्रितिले उत्कृष्ट गोल गर्दै नेपाललाई फाइनल यात्रा गराइन्। त्यसअघि ७६ मिनेटमा सावित्रा भण्डारी साम्बाले नेपालका लागि बराबरी गोल गरेकी थिइन्। सुरुमा उनले हानेको प्रहारलाई लेवनानकी गोलकिपरले रोकिकी थिइन्। सो बल डिफेन्डरले क्लियर गर्न नसक्दा साम्बाले गोललाइन नजिनबाट जाली चुमाएकी थिइन्।

३८ मिनेटमा पूजा रानामगरले गोलकिपर एन्जिला तुम्बापोलाई ब्याकपास दिएकी थिइन्। तर तुम्बापोले बल भेट्टाउन नसक्दा गोल भएको थियो।  अब नेपालले उपाधिका लागि पाँच पटकको च्याम्पियन जोर्डनसँग बिहीबार राति प्रतिस्पर्धा गर्नेछ। 

सावित्रा भण्डारीले फाइनल नखेल्ने

साउदी अरेबियाको जेद्दामा भइरहेको वाफ वुमेन्स च्याम्पिनयसिप २०२४ मा सावित्रा भण्डारीले फाइनल नखेल्ने निश्चित भएको छ । नेपालले सेमिफाइनलमा लेबनानलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो र बिहीबार हुने उपाधि भिडन्तमा तीन पल्टको डिफेन्डिङ च्याम्पियन जोर्डनको सामना गर्दैछ ।

तर त्यही खेलका लागि सावित्रा भने उपलब्ध हुने छैनन् । उनी फ्रान्सको अन आभान्टा ग्वेनगाम्पबाट खेल्नका लागि पेरिस जानेछिन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रेस विज्ञप्ति जारी गर्दै सावित्रा फाइनलका लागि उपलब्ध नहुने जनाएको छ । लेबनानविरुद्ध पनि सेमिफाइनलमा गोल गरेकी सावित्रा प्रतियोगितामा उच्चकर्ता रहेकी छिन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार