"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाललाई पराजित गर्दै जोर्डन वाफ वुमन्स च्याम्पियनसिप

प्रकाशित मिति :  1 March, 2024 12:21 am


काठमाडौं । वेस्ट एसियन फुटबल फेडेरेसन (वाफ) वुमन्स फुटबल प्रतियोगिताको फाइनलमा नेपाल स्तब्ध बनेको छ।  बिहीबार राति साउदी अरेबियामा भएको उपाधि भिडन्तमा नेपाल जोर्डनसँग पेनाल्टी सुटआउटमा ५-३ गोलले पराजित हुँदा लगातार एघारौं फाइनलमा पनि उपाधि जित्न सकेन।

नेपालले सन् २०१० यता मुख्य प्रतियोगितामा एघार पटक फाइनलमा स्थान बनाए पनि उपाधि भने जित्न सकेको छैन। पेनाल्टीमा नेपालका लागि गीता राना, दीपा शाही र हिराकुमारी भुजेलले गोल गरेका थिए। तर चौथो पेनाल्टी हानेकी अमृती जैशीको प्रहारलाई जोर्डनकी गोलकिपरले विफल पारिन्। 

जोर्डनले भने पाँचै पेनाल्टीमा गोल गर्न सफल भयो।  त्यसअघि निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएको थियो। खेलमा नेपालले सविता रानामगरको गोलबाट खेलको २९ मिनेटमा अग्रता लिएको थियो। 

जोर्डनले ७४ मिनेटमा बराबरी गोल फर्कायो। ८९ मिनेटमा जोर्डनले अर्को गोल गर्दा खेलमा नेपाल २-१ ले पछि परेको थियो। तर इन्जुरी समयमा नेपालले पेनाल्टी पायो। जोर्डनका खेलाडीले डिबक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा गीता रानाले गोल गरिन्। 

खेलमा नेपाली मुख्य स्ट्राइकर सावित्रा भण्डारी साम्बा क्लबसँगको सम्झौताका कारण अनुपस्थित थिइन् भने प्लेमेकर प्रिति राई दोस्रो हाफमा घाइते हुँदै मैदान छाड्न बाध्य भएकी थिइन्। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई