"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाललाई पराजित गर्दै जोर्डन वाफ वुमन्स च्याम्पियनसिप

प्रकाशित मिति :  1 March, 2024 12:21 am


काठमाडौं । वेस्ट एसियन फुटबल फेडेरेसन (वाफ) वुमन्स फुटबल प्रतियोगिताको फाइनलमा नेपाल स्तब्ध बनेको छ।  बिहीबार राति साउदी अरेबियामा भएको उपाधि भिडन्तमा नेपाल जोर्डनसँग पेनाल्टी सुटआउटमा ५-३ गोलले पराजित हुँदा लगातार एघारौं फाइनलमा पनि उपाधि जित्न सकेन।

नेपालले सन् २०१० यता मुख्य प्रतियोगितामा एघार पटक फाइनलमा स्थान बनाए पनि उपाधि भने जित्न सकेको छैन। पेनाल्टीमा नेपालका लागि गीता राना, दीपा शाही र हिराकुमारी भुजेलले गोल गरेका थिए। तर चौथो पेनाल्टी हानेकी अमृती जैशीको प्रहारलाई जोर्डनकी गोलकिपरले विफल पारिन्। 

जोर्डनले भने पाँचै पेनाल्टीमा गोल गर्न सफल भयो।  त्यसअघि निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएको थियो। खेलमा नेपालले सविता रानामगरको गोलबाट खेलको २९ मिनेटमा अग्रता लिएको थियो। 

जोर्डनले ७४ मिनेटमा बराबरी गोल फर्कायो। ८९ मिनेटमा जोर्डनले अर्को गोल गर्दा खेलमा नेपाल २-१ ले पछि परेको थियो। तर इन्जुरी समयमा नेपालले पेनाल्टी पायो। जोर्डनका खेलाडीले डिबक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा गीता रानाले गोल गरिन्। 

खेलमा नेपाली मुख्य स्ट्राइकर सावित्रा भण्डारी साम्बा क्लबसँगको सम्झौताका कारण अनुपस्थित थिइन् भने प्लेमेकर प्रिति राई दोस्रो हाफमा घाइते हुँदै मैदान छाड्न बाध्य भएकी थिइन्। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार