"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाल त्रिदेशीय टी-२० शृंखलाको फाइनलमा

प्रकाशित मिति :  2 March, 2024 10:50 pm


काठमाडौँ । त्रिदेशीय टी-२०आई शृंखलामा नेपालले नेदरल्यान्ड्समाथि ६ विकेटको जित हात पारेको छ। आजको जितसँगै नेपाल फाइनलमा पुगेको हो। कीर्तिपुर मैदानमा १२१ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो।

नेपालको जितमा कप्तान रोहित पौडेलले ४६, गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ सेखले ८ रन जोडे। टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै १० विकेट गुमाएर १२० रन बनाएको थियो। नेदरल्याड्सका म्याक्स ओडाउडले सर्वाधिक ३१ रन बनाए। टिम भान डर गुगटेन र रोलेफ भान डर मर्वेले २३-२३ र स्कट एडवार्ड्सले १८ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

नेपालका प्रतिश जिसीले तीन, करण केसी र कुशल मल्लले दुई/दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिएका थिए। हाल अंक तालिकामा नेपाल र नेदरल्यान्ड्सको ४-४ तथा नामिबियाको २ अंक छ। आजको जितले नेपालको रनरेट पोजेटिभ भएको हो। अब आइतबार लिगको अन्तिम खेलमा आइतबार नेदरल्यान्ड्स र नामिबिया खेल्नेछन् ।

उक्त खेलको नतिजाले मंगलबार हुने फाइनल खेल्ने अर्को टोलीको टुंगो लाग्ने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार