"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

टस जितेर नेदरल्यान्ड्सविरूद्ध ब्याटिङ गर्दै नेपाल

प्रकाशित मिति :  5 March, 2024 11:17 am


काठमाडौं । नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको टी-२० सिरिजको उपाधिका लागि आज घरेलु टिम नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर ब्याटिङ गर्ने भएको छ।  टिममा नेपालले कुनै परिवर्तन गरेको छैन। सन्दीप जोरा, ललित राजवंशी, अनिल साह र विवेक यादव आज पनि बेञ्चमा छन्।

फाइनलमा भिड्दा नेपालले आइसिसी टी-२० विश्वकपअघि नेदरल्यान्ड्सलाई जाँच्ने अवसर पाउँदैछ।  आगामी जेठमा हुने आइसिसी टी-२० विश्वकपमा नेपाल र नेदरल्यान्ड्स एकै समूहमा छन्। नेपालमा भएको टी-२० सिरिजको लिग चरणमा सबै टिमको चार-चार खेलपछि अंक तालिकामा नेदरल्यान्ड्सले चार खेलबाट पाँच अंक जोड्दै फाइनलमा स्थान बनायो। चार अंक जोडेको नेपाल समूहमा दोस्रो हुँदै फाइनलमा पुग्यो।

 नामिबियाले भने तीन अंक मात्र जोड्न सफल भयो। नामिबिया र नेदरल्यान्ड्सबीचको अन्तिम खेल वर्षाले रद्द भएको थियो। लिग चरणमा नेपालले नेदरल्यान्ड्स र नामिबियासँगको सुरूवाती दुई खेल गुमाउँदा पछिल्ला दुई खेलमा जित निकालेको थियो। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई