"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

टस जितेर नेदरल्यान्ड्सविरूद्ध ब्याटिङ गर्दै नेपाल

प्रकाशित मिति :  5 March, 2024 11:17 am


काठमाडौं । नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको टी-२० सिरिजको उपाधिका लागि आज घरेलु टिम नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर ब्याटिङ गर्ने भएको छ।  टिममा नेपालले कुनै परिवर्तन गरेको छैन। सन्दीप जोरा, ललित राजवंशी, अनिल साह र विवेक यादव आज पनि बेञ्चमा छन्।

फाइनलमा भिड्दा नेपालले आइसिसी टी-२० विश्वकपअघि नेदरल्यान्ड्सलाई जाँच्ने अवसर पाउँदैछ।  आगामी जेठमा हुने आइसिसी टी-२० विश्वकपमा नेपाल र नेदरल्यान्ड्स एकै समूहमा छन्। नेपालमा भएको टी-२० सिरिजको लिग चरणमा सबै टिमको चार-चार खेलपछि अंक तालिकामा नेदरल्यान्ड्सले चार खेलबाट पाँच अंक जोड्दै फाइनलमा स्थान बनायो। चार अंक जोडेको नेपाल समूहमा दोस्रो हुँदै फाइनलमा पुग्यो।

 नामिबियाले भने तीन अंक मात्र जोड्न सफल भयो। नामिबिया र नेदरल्यान्ड्सबीचको अन्तिम खेल वर्षाले रद्द भएको थियो। लिग चरणमा नेपालले नेदरल्यान्ड्स र नामिबियासँगको सुरूवाती दुई खेल गुमाउँदा पछिल्ला दुई खेलमा जित निकालेको थियो। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार