"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द

प्रकाशित मिति :  10 March, 2024 3:00 pm


काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीको खेल वर्षाका कारण रद्द भएको छ । नेपालविरुद्ध घरेलु मैदान मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभरमा २ विकेट गुमाउँदै ६५ रन बनाएको स्थितिमा दोस्रो पटक पानी परेपछि खेल रोकिएको थियो ।

यसअघि ५ ओभरको खेल पूरा भएपछि पानी परेको थियो । पानी रोकिएपछि थप ३ ओभरको खेल पूरा हुँदा नहुँदै पानी परेपछि खेल रोकिएको थियो । त्यसपछि पानी नै रोकिएन र अम्पायरले खेल रद्द गरेको घोषणा गरे ।

खेल रद्ध भएपछि दुवै टिमले १-१ अंक बाँडेका छन् । नेपालका लागि करण केसीले पहिलो बलमै विकेट लिएका थिए ।  हङकङका मार्टिन कोट्जे गुल्शन झाको हातबाट क्याच आउट भए ।  गुल्शन झाले निजाकान्त खानलाई व्यक्तिगत २५ रनमा बोल्ड गरेका थियो ।

यसअघि फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो । नेपालले अब मंगलबार पपुवा न्युगिनसँग खेल्ने छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार