"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विद्युतीय राहदानी लिनका लागि खेताला

प्रकाशित मिति :  12 March, 2022 7:22 am


काठमाडौं । विद्युतीय राहदानी लिनका लागि आम नागरिकले खेताला लगाएर अरूलाई लाम राख्ने गरेको पाइएको छ । राहदानी विभागमा राति २ बजेदेखि नै लाम लागेमा मात्र आफ्नो पालो छिटो आउने भन्दै मानिसहरूले पैसा तिरेर अन्य व्यक्तिलाई खेताला स्वरूप लाममा राख्ने गरेको पाइएको हो । अनलाइन फाराम भरेपछि पाएको मितिमा आएर विद्युतीय राहदानीका लागि लाइभ इन्रोलमेन्टमा बस्नुपर्ने हुन्छ ।

यसबीचमा अनलाइन फाराम भरेकाहरूले आवश्यक शुल्क बुझाउने र अनलाइनमा बुझाएको कागजपत्रको सक्कली कागजपत्र रुजु गराउनुपर्ने हुन्छ । यी दुई काम छिटो गर्नकै लागि रातिदेखि नै लाममा बस्न खेताला राख्ने गरेका हुन् ।शुक्रबार विभाग परिसरमा आइपुगेका एक युवकले त्यहीँ भेटिएका एक खुद्रा व्यापारीसँग सोधे, “अब कहिले आऊँ ?” खुद्रा व्यापारी युवतीले उनको राजस्व तिर्ने भौचर भर्दै भनिनन्, “तपाईं अब सोमबार दिउँसो आउनुस्, म एकजना मानिसलाई पैसा तिर्ने लाममा राखिदिन्छु, त्यसको एक हजार दुई सय रुपियाँ लाग्छ । राजस्वको पैसा त्यही दिन लिएर आउनुस्, अर्को मान्छे उभिएको ठाउँमा गएर ठाउँ लिएर पैसा तिर्नुस् ।”

त्यसअघि पनि ती युवाले कागजात रुजु गराउनका लागि पनि पैसा तिरेर मान्छे लाममा राखेका थिए। पालो आउने बेलामा भने आफैँ लाममा बसेका थिए । उनले भने, “के गर्ने टाढाबाट आउनुपर्छ, भोकभोकै लाइनमा बस्नुभन्दा अलिकति पैसा माया मारेकै जाती ।” अनलाइन फाराम भर्दा पनि लाइभ इन्रोलमेन्टको मिति दुई महिनापछि मात्र आएको गुनासो उनले पोखे । आजको गोरखापत्र दैनिकमा समाचार छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द

काठमाडौँ – १० दिनअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला हुलाक कार्यालयबीच राहदानी वितरण गर्नेसम्बन्धी सम्झौता भएअनुरूप सेवाग्राहीको घरमै राहदानी

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले राष्ट्रियस्तरका विभिन्न कर्मचारी ट्रेड युनियनहरू खारेज गरेको जनाएको

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट