"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विद्युतीय राहदानी लिनका लागि खेताला

प्रकाशित मिति :  12 March, 2022 7:22 am


काठमाडौं । विद्युतीय राहदानी लिनका लागि आम नागरिकले खेताला लगाएर अरूलाई लाम राख्ने गरेको पाइएको छ । राहदानी विभागमा राति २ बजेदेखि नै लाम लागेमा मात्र आफ्नो पालो छिटो आउने भन्दै मानिसहरूले पैसा तिरेर अन्य व्यक्तिलाई खेताला स्वरूप लाममा राख्ने गरेको पाइएको हो । अनलाइन फाराम भरेपछि पाएको मितिमा आएर विद्युतीय राहदानीका लागि लाइभ इन्रोलमेन्टमा बस्नुपर्ने हुन्छ ।

यसबीचमा अनलाइन फाराम भरेकाहरूले आवश्यक शुल्क बुझाउने र अनलाइनमा बुझाएको कागजपत्रको सक्कली कागजपत्र रुजु गराउनुपर्ने हुन्छ । यी दुई काम छिटो गर्नकै लागि रातिदेखि नै लाममा बस्न खेताला राख्ने गरेका हुन् ।शुक्रबार विभाग परिसरमा आइपुगेका एक युवकले त्यहीँ भेटिएका एक खुद्रा व्यापारीसँग सोधे, “अब कहिले आऊँ ?” खुद्रा व्यापारी युवतीले उनको राजस्व तिर्ने भौचर भर्दै भनिनन्, “तपाईं अब सोमबार दिउँसो आउनुस्, म एकजना मानिसलाई पैसा तिर्ने लाममा राखिदिन्छु, त्यसको एक हजार दुई सय रुपियाँ लाग्छ । राजस्वको पैसा त्यही दिन लिएर आउनुस्, अर्को मान्छे उभिएको ठाउँमा गएर ठाउँ लिएर पैसा तिर्नुस् ।”

त्यसअघि पनि ती युवाले कागजात रुजु गराउनका लागि पनि पैसा तिरेर मान्छे लाममा राखेका थिए। पालो आउने बेलामा भने आफैँ लाममा बसेका थिए । उनले भने, “के गर्ने टाढाबाट आउनुपर्छ, भोकभोकै लाइनमा बस्नुभन्दा अलिकति पैसा माया मारेकै जाती ।” अनलाइन फाराम भर्दा पनि लाइभ इन्रोलमेन्टको मिति दुई महिनापछि मात्र आएको गुनासो उनले पोखे । आजको गोरखापत्र दैनिकमा समाचार छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ। कार्यालयले ती निर्माण कम्पनीलाई आइतबार कालोसूचीमा राख्ने निर्णय

काठमाडौं – गृह मन्त्रालयले १३ जना प्रहरी निरीक्षक –इन्सपेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस गरेको छ  ।मन्त्रालयको बढुवा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो वर्ष दुई तिहाइ मुद्दामा सफलता पाएको छ । विशेष अदालतले बुधबार सार्वजनिक गरेको

काठमाडौँ — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न पदमा ७७ जना कर्मचारी नियुक्त गर्न आवेदन मागेको छ। कम्पनीले शुक्रबार