"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रास्वपाले इलाम-२ मा उम्मेदवार उठाउने

प्रकाशित मिति :  11 March, 2024 6:46 pm


फाईल फोटो

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधिसभा उपनिर्वाचनमा भाग लिने भएको छ । प्रदेश सभा उपनिर्वाचनमा भने भाग नलिने रास्वपाले निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ भने सुदूरपश्चिम प्रदेश सभाका बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा भने उम्मेदवार नउठाउने निर्णय गरेको छ ।

रास्वपा सहप्रवक्ता प्रतिभा रावलका अनुसार पार्टीले उपनिर्वाचनका विषयमा निर्णय गरेको हो । ‘इलाम क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनमा भाग लिने निर्णय केन्द्रीय समितिले गरेको छ । सुदूरपश्चिम प्रदेश सभाका लागि बझाङमा हुने उपनिर्वाचनमा भने सहभागी नहुने निर्णय भएको छ,’ उनले भनिन् ।

इलाम २ बाट निर्वाचित एमालेका प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन भएपछि उक्त क्षेत्र रिक्त भएको थियो भने सुदूरपश्चिम प्रदेश सभा सदस्य बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएकाले त्यहाँ सिट रिक्त भएको थियो । यी दुवै क्षेत्रमा आगामी वैशाख १५ मा उपनिर्वाचन हुँदैछ ।

रास्वपा केन्द्रीय समितिले सरकारमा गएपछि मन्त्रीहरूको आवधिक कार्यसम्पादन गर्ने पनि निर्णय गरेको छ । त्यस्तै, सरकारका काममा सहयोग गर्न टीम पनि चयन गरिएको छ ।

त्यस्तै, रास्वपाले जनसम्पर्क विभाग पनि गठन गरेको छ । विभागको प्रमुखको जिम्मेवारी इश्रा मुल्ला मियालाई तोकिएको छ । केन्द्रीय अनुशासन आयोगमा दुई सदस्य पनि थप्ने निर्णय रास्वपा केन्द्रीय समितिले गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – स्थानीय तह र प्रदेशमा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएको छ । प्रतिनिधिसभा सदस्यको चुनाव लड्न स्थानीय

काठमाडौं – तीव्र गतिको इन्टरनेट सेवा (फिक्स्ड ब्रोडब्यान्ड) उपलब्धतामा नेपालले दक्षिण एसियाली क्षेत्रमै फड्को मारेको छ । इन्टरनेटको गति मापन

काठमाडौँ – नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मासिक आधारमा माघ एक महिनामा औसत मूल्य वृद्धि ३.२५ प्रतिशत छ। गत माघमा

काठमाडौँ – नेपाल वायु सेवा निगमले बुधबार राति ‘स्पेशल फ्लाइट’ (विशेष उडान) मार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ।